रुस–युक्रेन युद्धको २१औं दिन
Wednesday, March 16th, 2022, 9:09 pm
Kalpristha
बीबीसीका अनुसार युक्रेनको राजधानी किभ रुसी फौजले राजधानीको बाहिर रहेका इर्पिन र गुटा मेझीहर्कसा क्षेत्रमा सोमबार र मंगलबार केही आक्रमण गरेको छन् । रुसीहरूले गत २४ घण्टामा यो सहरमा कुनै ठूलो कारबाही गरेका छैनन् ।
त्यसैगरी मारिओपोलमा रुसले यो दक्षिणी सहरमाथि पूर्व र पश्चिमबाट आक्रमण जारी राखेको छ ।
त्यस्तै खार्किभकव उत्तर–पूर्वी सहर घेरा हाल्ने क्रममा हतियारको अभाव भोगिरहेको छ । खेर्सन क्षेत्रमा रुसले मंगलबार यो क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको झुटो दाबी गरेको थियो तर यसले यो क्षेत्रका दुई मुख्य सहरहरू ज्याफोरिझ्या वा मीकोलेमा पकड थप बलियो छैन ।
त्यसैगरी ओडेसामा यो दक्षिणी बन्दरगाह सहरमाथि समुन्द्रबाट आक्रमण गर्न रुस अझै तयार भइसकेको देखिन्न किनभने त्यसका लागि आवश्यक सैन्य आधार रुसले खडा गरिसकेको छैन ।
जेलेन्सकीलाई भेट्न युरोपेली नेता किभ
रुसी आक्रमण चर्किएसँगै युक्रेनको साथमा उभिनका लागि पोल्याण्डदेखि किभसम्म लामो खतरनाक रेल यात्रा गरेर पुगेका तीन जना युरोपेली नेताहरूको युक्रेनले प्रशंसा गरेको छ ।
मंगलबार साँझ किभमा कर्फ्यु लागू रहेकै बेला पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट गरेको बीबीसीले जनाएको छ ।
१३ हजार बढी रूसी सेनाको मृत्यु
रूसी सशस्त्र फौजले यूक्रेनविरुद्ध युद्ध सुरु गरेदेखि ४०४ रूसी ट्यांकर ध्वस्त गरेको र १३ हजार पाँच सयभन्दा बढी रूसी सेनाको मृत्यु भएको यूक्रेनको विदेश मन्त्रालयले जनाएको छ ।
रूसले यस सम्बन्धमा यूक्रेनी भनाइको खण्डन गर्दै युद्धमा धेरै रूसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई शान्तत्वना दिनका लागि उक्त दावी गरेको जनाएको छ ।
यूक्रेनी परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार युद्धका क्रममा विभिन्न प्रकारका एक हजार दुई सय ७९ रूसी हातहतियार, लडाकू विमान, ९५ हेलिकोप्टर, एक सय ५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६ सय ४० गाडी र ६० भवनहरूलगायतका बन्दोबस्तीका समान ध्वस्त भएका छन् ।
मस्कोले यूक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै आएका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको रूपमा मान्यता दिएको तीन दिनपछि सैन्य कारबाही थालेको बुधबारसम्म २१ दिन पुगेको छ ।
यसैबीच यूक्रेनी राजधानी कीभमा रूसी सेना प्रवेश गरेपछि युद्धमा सर्बसाधारणको मृत्यु नहोस भनी शहरी क्षेत्रमा लगाइएको निषेधाज्ञा आदेशलाई मार्च १७ (चैत्र ३) गतेसम्मका लागि थप गरेको छ ।