एमसिसि प्रतिको भ्रम चिर्न काँग्रेसका नेता गाउँघरमा
Wednesday, March 16th, 2022, 9:11 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
अघिल्लो निर्वाचन पछि गाउँघरमा नदेखिएका कांग्रेसका नेताहरु यत्तिखेर जनताको घरआगनमा देखिएका छन् । ०७८ फागुन १५ गते संसदबाट बहुमतले अनुमोदन भएको बहुचर्चित विकास अनुदान परियोजनाको रुपमा रहेको एमसिसि प्रति कम्युनिष्टहरुले फैलाएको नकरात्मक भ्रम चिर्न र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा जनताको मन जित्न घरघरमा जाआंै नेपाली कांग्रेसलाई जिताआंै भन्ने अभियानका साथ यत्तिखेर कांग्रेसका नेताहरु डोल्पाका गाउँघरमा पुगेका हुन् ।
एमसिसि प्रतिको भ्रम चिर्ने अभियान अन्र्तगत डोल्पामा पुगेका पुर्वभूमिसुधार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दहितले नेपालका कम्युनिष्ट पार्टीहरुले एमसिसि परियोजनामा दोहोरो चरित्र देखाएको बताए । दोहोरो चरित्र र अस्थिर भएकै कारण कम्युनिष्टहरु विश्वका कुनै पनि देशमा सफल हुन नसकेको उल्लेख गर्दै नेपालमा पनि अप्राकृतिक गठबन्धनबाट विजय हासिल गरेको केपी ओली नेतृत्वको दुई तिहाईको सरकार असफल भएको पनि केन्द्रीय सदस्य दहितले बताए ।
देशमा जवजव विषम परिस्थती आउँछ जव जव राष्ट्रिय मुद्दाहरुको समाधान गर्न नसक्ने परिस्थती कम्युनिष्टमा निर्माण हुन्छ त्यो अवस्थामा देशको नेतृत्व नेपाली कांग्रेसले गर्ने गरेको पनि केन्द्रीय सदस्य दहितले दावी गरे ।
नेपालको भूगोललाई नै नदेखेर प्रत्येक नेपालीको घरघरमा ग्यासको पाइप लाइन, पानी जहाज रेल पु¥याउने कोरा र भ्रमपूर्ण उखाने नारा दिएर सिंको भाँचीदुई काम नगर्ने कम्युनिष्टले कहिल्यै पनि गरिव दिनदुखि र बेसहाराको हितमा काम नगर्ने ठोकुवा समेत डा.दहितले गरे । जुन देशमा गरिवी अशिक्षा वेरोजगार र अविकसित हुन्छ त्यो देशमा मात्र कम्युनिष्ट सरकार हुने भएकाले उनीहरुले कहिल्यै पनि जनताको पक्षमा नलाग्ने ठोकुवा गरे ।
यसैगरी नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले कम्युनिष्टले गरेका नराम्रा कामको भण्डाफोर र काँग्रेसले गरेका राम्रा कामहरुको प्रचारप्रसार गरेर जनताको घरआगनमा जान कार्यकर्तालाई आग्रह गरे ।
यसैगरी देश र डोल्पा जिल्लाको माग अनुसार अवको तिनै तहको निर्वाचनमा डोल्पामा कम्युनिष्टको लालकिल्लालाई तोडेर नेपाली कंग्रेसलाई पहिलो पाटी बनाउन जनताले सहयोग गर्ने ठोकुवा पनि केन्द्रीय सदस्य दहितले गरे । विशेष अतिथी तथा जिल्ला पार्टी सभापति दिपेन्द्र बहादुर शाहीले डोल्पामा आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने बताए ।