स्पोर्ट्स अवार्डमा नबिलको सहप्रायोजन
Wednesday, March 16th, 2022, 9:21 pm
Kalpristha
नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ दशकका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग सह–प्रायोजन सम्झौता गरेको छ ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले सह–प्रायोजन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे । १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजना हुनेछ ।
सह–प्रायोजक बनेवापत नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले अवार्डलाई लगानी ब्यवस्थापक पार्टनरको रुपमा आर्थिक सहयोग गर्नेछ ।
सम्झौता कार्यक्रममा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले चर्चिच संस्था नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई अवार्डको सहयोगीको रुपमा पाउनु खुशीको क्षण भएको बताए । सुवेदीले सह–प्रायोजन गरेकोमा प्रमुख कँडेलप्रति धन्यवाद व्यक्त गरे ।