भर्चुवलबाट होली विशेष सिर्जना वाचन
Thursday, March 17th, 2022, 6:32 pm
Kalpristha
होलीपर्वको अवसर पारेर विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले भर्चुवल माध्यमबाट होली विशेष सिर्जना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकोछ ।
विश्व नेपाली महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’को अध्यक्षतामा संचालन भएको कार्यक्रममा बिनेसाम केन्द्रकी माहासचिव सुनिता राई कन्दङ्वाको प्रमुख आतिथ्यता र अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको बिशेष उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा बिश्वभरि छरिएर रहेका सर्जकहरुले शुभकामना मन्तब्यका साथै रचना वाचन गरिएको थियो ।
विशिष्ट अतिथि प्रलेश बाँके शाखाका अध्यक्ष पुष्प मणि प्रधान र अनेसास लुम्बिनी प्रदेशकी अध्यक्ष किरण आचार्यले होलीको शुभकामना दिँदै कविता वाचन गरे । बिनेसाम केन्द्रका कोषाध्यक्ष तथा नेपाल शाखाका प्रथम उपाध्यक्ष केबि पौडेल, सल्लाहकारहरु ऋषिराम सापकोटा ‘अविरल’, रमेश कंडेल, मणिराज सिंह, लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेल, प्रदेश १ की अध्यक्ष मुना सिग्देललगायत नाज सिंह, इन्दिरा गौतम, केशब गाहा पाल्पाली, शान्ता खवास, दर्पण दंगाली, सुरेश पाण्डे, अमर खड्का, देविका मंग्राती राई, सुमन मेवाहाङ, हिक्मत बुढाथोकी ‘प्रेम’, गणेशा कार्की, सीता बिस्ट कार्की, कृष्णबहादुर केसी नविन बस्याल स्रष्टाहरुले विभिन्न विधा गीत , गजल, कविता, मुक्तक वाचन गरे ।
सुनिता राई कन्दङ्वा र सुरेन्द्र लिम्बु परदेशीले शुभकामनाका मन्तब्यको साथमा कविता वाचन गरिन् ।