गठबन्धन नकार्न नसकिने : डा.प्रकाश
Saturday, March 19th, 2022, 6:35 pm
Kalpristha
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले चुनावी प्रकरणका लागि सत्तारुढ दलहरूबिच गठबन्धन नकार्न नसकिने बताएका छन् । डा. महतले आगमी चुनाबका लागि सत्तारुढ दलहरुसँग तालमेलमा जान सकिने बताएका हुन् ।
शनिबार नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा.महतले कांग्रेसलाई बलियो बनाउन गठबन्धनको आवश्यकत प¥यो भने स्वीकार्य रहेको बताए ।
‘हामीले अहिले नै चुनावका लागि गठबन्धनमा जान्छौं वा जानौं भन्ने सकिन्न । सत्तारुण दलहरुको प्रस्ताव अहिलेसम्म आई पुगेका छैनन् । उनीहरुले कस्तो प्रस्ताव पेस गर्नुहुन्छ । यदि गठबन्धनमा गएर बढी सिट ल्याउन सकिन्छ भने त्यसलाई नकार्न सकिँदैन,’ डा. महतले बतए ।
उनले पार्टीलाई बलियो बनाउन भावनामात्र बगेर नहुने बताउँदै । चुनावी तालमेलका लागि केन्द्रीय कमिटीको बैठकले निर्णलय गर्ने बताए ।
मायाको चिनो प्रदान गरिँदै ।
प्रवक्ता डा.महतले चैतभित्र उम्मेदवारहरूको टुंगो लगाउने बताउँदै । ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल बनाउन वडास्तरबाटै नै नेता कार्यकर्ताले आह्वान गर्नुपर्ने बताए । उनले समाज भ्रमित रुपमा उठेका कुराहरुलाई घर–घरमा गएर जनतालाई बुझाउनु पर्ने बताए ।
उनले भने, ‘ कांग्रेसले सधैं सत्य बोल्छ । यदि हामीले सत्य बोलेनौं भने असत्यको विजय हुन्छ । अहिले एमसीसीका बारेमा खडा गरिएको भ्रमित कुराहरुलाई हामीले घर–घर पुगेका जनतालाई बुझाउनु पर्ने बेला हो । एमसीसी नेपालको हितमा मात्र काम गर्ने हो । यहा कुनै सन्य शक्ती आउने हामीलाई दास बनाउने हुँदैन । अझ एमसीसी पारित भएपछि नेपालको इज्जत अन्तर्राष्ट्रियस्तरमा बढेको छ ।’
कार्यक्रममा युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले प्रवत्ता डा. महतलाई मायाको थिनो समेत प्रदान गरेका छन् ।