उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आचार्यको निधन
Saturday, March 19th, 2022, 8:54 pm
Kalpristha
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दामोदर आचार्यको निधन भएको छ । नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश सदस्यसमेत रहेका आचार्यको ५९ वर्ष उमेरमा शनिबार बहान निधन भएको हो । उनी नेपाल उद्योग वाणिज्य संघको पूर्वकेन्द्रीय सदस्य पनि हुन् ।
क्यान्सर रोगसँग लडिरहेका आचार्यको भेरी अस्पतालमा निधन भएको हो । क्यान्सर रोगका कारण लामो समयदेखि भारतको दिल्लीमा आचार्यको उपचार भएको थियो । उपचारपश्चात स्वास्थ्यमा सुधार आएका कारण उनले नेपालगन्जै उपचार भई रहेको थियो ।
शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक), अर्थ मन्त्री जनार्दन शर्मा (प्रभाकर), नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओलीलगायतले संयुक्तरुपमा शोक ब्यक्तव्य जारी गर्दै स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन् ।
आचार्यको शवलाई शनिबारनै राप्ती नदिमा अन्तिम दाहसंस्कार गरिएको छ ।
स्वर्गीय आचार्यको एक धर्मपत्नी, एउटा छोरा र तीन जना छोरी रहेका छन् ।
२०१९ साल कात्तिक १७ गते प्युठानमा जन्मिनुभएका आचार्य सरकारी सेवा हुँदै २०४९ सालमा नेपालगन्जको व्यवसायीक क्षेत्र लागेका थिए ।
आचार्य २०६३ सालमा नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष भएको थिए ।