निःशुल्क सेमिनार गर्दै एक्सपर्ट एजुकेशन
Sunday, March 20th, 2022, 8:55 pm
Kalpristha
उच्च शिक्षाका लागि वैदेशिक अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि मंगलबार निःशुल्क सेमिनारको आयोजना गरिएको छ ।
एक्सपर्ट एजुकेसनले देशव्यापी सुरु गरेको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ अन्तर्गत चैत ८ गते नेपालगन्ज निःशुल्क सेमिनार तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो ।
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नेपालगन्ज शाखाका ब्रान्च म्यानेजर सुनिल खड्काले कोरोनाको कहर कम हुँदै गएपछि वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढ्दै गएकाले उनीहरुलाई वैदेशिक अध्ययन बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरेको बताए ।
एक्सपर्टले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो । कार्यक्रममा खड्काले एजुकेसन फेयर चैत्र ७ गतेदेखि नेपालका १० प्रमुख शहरमा हुने बताए । जसको सुरुवात सोमबारदेखि धनगढीबाट सुरु हुनेछ ।
कार्यक्रममा मुख्यतया अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूके जस्ता देशहरुमा अध्ययनका लागि जाने विद्यार्थी एवम् अन्य ईच्छुक व्यक्तिलाई निःशुल्क परामर्स दिनेएक्सपर्ट एजुकेसनका ‘एड्मिशन ईन्चार्ज’ सन्तोष शर्माले बताए । शर्माका अनुसार कार्यक्रममा विभिन्न देशका विद्यालय तथा सोही क्षेत्रका २८ जनाको सहभागिता रहने छ ।