सरसफाई शाखाका कर्मचारीमाथि हातपात
Monday, March 21st, 2022, 4:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ चैत
नेपागन्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माले नगरपालिकाका सरसफाई शाखामा काम गर्ने कर्मचारीमाथी हातपात गरेका छन । वडाको फोहोर उठाउने विषयमा सरसफाई शाखाका तिन कर्मचारीले नमानेपछि अध्यक्ष बर्माले ति कर्मचारीलाई हातपात गरेका थिए ।
विहान फोहोर सफा गर्ने कर्मचारीलाई हातपात गरेको भन्दैं सरसफाइ शाखामा काम गर्ने कर्मचारीहरुले नगरपालिकामा गएर नाराजुलुस लगाएका थिए । उनीहरुले अध्यक्ष बर्मामाथि कारबाही हुनु पर्ने माग राख्दै नारा लगाएका थिए । तर पछि नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत जगत बस्नेत, नगरपालिका अन्य कर्मचारी, पिडित कर्मचारी र सरसफाई शाखाका कर्मचारीहरुको बैठकले विवादलाई मिलाएको थियो ।
काम गराउने विषयमा सरसफाइ शाखामा काम गर्ने कर्मचारीसँग विवाद भएको र त्यसलाई सोमबार मेलमिलाप गराएको प्रशासकिय अधिकृत बस्नेतले बताए ।
उनले भने,‘काम गराउने विषयमा सामान्य विवाद भएको रहेछ । अध्यक्ष ज्युले(दिपक बर्मा)ले वडाको सरसफाइको लागि केहि काम लगाउनु भएको रहेछ । तर कर्मचारीले खाना खाने समय भएको भन्दै पछि गर्ने भनेपछि विवाद भएको रहेछ । छलफल पछि दुबै पक्षले हात मिलाएर विवादको अन्त्य भएको छ ।’ सरसफाई शाखाका एक कर्मचारीका अनुसार अध्यक्ष बर्माले गल्तीलाई स्वीकार गरेपछि विवाद मिलेको बताए ।