दुर्घटनामा ३ घाइते
Monday, March 21st, 2022, 8:54 pm
Kalpristha
कोहलपुर नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा तीनजना घाइते भएका छन् । सोमबार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका हुन् ।
घाइतेलाई कोहलपुर प्रहरीले उद्दार गरेर उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु¥याएको थियो ।
छिन्चु तनाबग्रस्त
सुर्खेतको छिन्चुमा दुर्घटनाको विरोध गर्दै प्रदर्शनकारीले दिनभर छिन्चुलाई तनाबग्रस्त बनाएका छन् । टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएपछि छिन्चु बजार तनावग्रस्त बनेको छ ।
मृतकका आफन्तले राहतसहित दोषीलाई कारबाहीको माग गर्दै सोमबार दिउँसोदेखि छिन्चु बजार र यातायात बन्द गरेका छन् ।
बजारसँगै सुर्खेत–नेपालगञ्ज सडक खण्डसमेत बन्द छ । ५ चैतमा लेकवेशी नगरपालिका–५ नेटाकी १७ वर्षीया लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट वीरेन्द्रनगरमा मृत्यु भएको थियो ।
वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम्बरको मोटरसाइकललाई भे १ ख ३१०२ नम्बरको टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
मोटरसाइकलमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।