नेपालगन्जले लक्ष्य पूरा गर्न सक्छ
Tuesday, March 22nd, 2022, 8:51 pm
Kalpristha
सन् २०३० सम्ममा नेपालगन्ज उप–महानगरपालिकालाई दिगो विकासमा पु¥याउनका लागि पालिकाका विभिन्न शाखाले नगरमा भएका कमिकमजोरी, सुझाव र कार्ययोजनासहित खाका तयार पारेका हुन् ।
मंगलबार नेपालगन्ज उप–महानगरपालिकाले सुशासनका लागि क्षमता विकास परियोजनाको सहयोगमाा दिगो विकास लक्ष्यहरुको स्थानीयकरणमा भएका प्रयासहरुको पुनरालोकनसहित आगामी कार्य दिशा सम्बन्धमा दोस्रो एकदिने अन्तरक्रिया आयोजना गरेको छ ।
दिगो विकास लक्ष्यका बारेमा के भन्छन्, प्रतिनिधि.
उमा थापा मगर
उप–मेयर
नेपालगन्ज उप–महानगरपालिका
आजको खाकाले हामी कुन–कुन क्षेत्रमा कमजोर रहेछौं भन्ने थाहा भयो । गुणस्तरीय शिक्षा, लैगिंक समानाता, मर्यादित काम र आर्थिक वृद्धि, दिगो सहर जस्ता गोलहरुमा हामी कमजोर देखिएका छौं । अबको दिनमा ती कमजोरीलाई पूरा गर्न सोही अनुसारको रणनीति, कार्यक्रम, बजेट ल्याउनु पर्ने ड्राफ आएको छ त्यसप्रति हामी सन्तुष्ट छौं । अबको बजेट पनि आज आएको ड्राफको आधारमा बन्ने छ र त्यो ठूलो उपलब्धी हुनेछ ।
अब आउने जनप्रतिनिधिले पनि यो ड्राफलाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ । २०३० सम्ममा नेपालगन्जले दिगो विकास लक्ष्यलाई पूरा गर्न सक्छ भन्नेमा म विश्वस्त छुँ ।
अरुण रेग्मी
स्थानीय सासन विज्ञ
दिगो विकास लक्ष्यका लागि नेपालगन्जले जुन सुरुवात ग¥यो त्यो एकदम सराहनिय छ । यसमा जोडिनु भएका साथीहरुले यसलाई अपनत्व गर्नु भएको छ र वास्तविक धरातललाई केलाउने प्रयास गर्नु भएको छ । आजसम्मको अवस्था हेर्दा मलाई के लाग्छ भने अव आउने नयाँ जनप्रतिनिधिलाई केही दिनको अभिमुखिकरण दिने हो भने कर्मचारीको यो टिमले यसलाई कार्यान्वयन गरेर लैजान सक्छ । सयमा सय प्रतिशत त भन्न नसकिएला तर प्रभावकारिता र परिवर्तन देखिन्छन् भन्ने लाग्छ । यसमा स्थानीय निकायको मात्र नभएर गैरसरकारी संस्थाको भूमिका पनि रहन्छ र नगरले आज ड्राफमा देखिएका कुराहरुलाई वार्षिक योजनामा समावेश गर्नु चाही पर्छ ।
सविता तिवारी
योजना तथा बजेट शाखा
आजको कार्यक्रमा हामीले पेस गरेको प्रतिवेदनमा समस्या पालिकामा भन्दा पनि कार्यान्वयन पक्ष चाही फितलो देखिएको छ । जस्तो पूर्वाधारका विषयमा विभिन्न कार्यक्रम, योजना, बजेट विनियोजन त भएका छन् । तर यसले पालिकाभित्र रहेका निम्न वर्गको वस्ती विकासका लागि उल्लेखनिय काम गर्न सकेको हामीले देखेनौं । त्यसमा अबको बजेट निम्न वर्गलाई लक्षित गर्नु पर्छ । हामीसँग समय धेरै रहेको छ । हामी पूर्णरुपमा सबल नभए पनि हामीले राखेको लक्ष्यमा हामी पुग्न सक्छौं ।
मञ्जु पाण्डे
महिला तथा बालबालिका शाखा
खासमा पालिकाले पहिलो काम चाहि सक्यो । हामीले देखेको ठुलो समस्या भनेको लैगिंक समानता छ । नेपालगन्ज हेर्दा ठूलो सहर भएता पनि समुखाय विशेषमा महिलाहरुलाई घरबाट बाहिर निस्कन नदिने, बालिका शिक्षाबाट वञ्चित भएको देखिएको छ । अर्को पढ्ने उमेरमा कमाउन पठाउने रहेको छ । मलाई यो आर्थिक गरिवी भन्दा पनि मानसिक गरिवी देख्छु । त्यसैले हामीले पहिलो त शिक्षालाई प्राथमिकता दिनु पर्छ । जसमा बालबालिकालाई भन्दा पनि अभिभावकलाई दिनु पर्छ ।
प्रकास डिसी
वन, वातावरण तथा सरसफाइ शाखा
हामीले वन, वातावरणको कुरा गर्दा हामीले वातावरणलाई ख्याल गरेर काम गर्नु प¥यो । विभिन्न योजनाहरु रहेका हुन्छन् । त्यसलाई विपद्को व्यवस्था अनुसार गर्नु पर्छ । हामीले निर्माण गरेका संरचना वातावरण मैत्री र सुरक्षित छ कि नाई ख्याल गर्नु पर्छ । अनी हाम्रो क्षेत्रभित्र रहेको वनको संरक्षणमा हामीले चासो दिनु प¥यो । जनता र जनप्रतिनिधिले पालिकाका संरचनाको सुरक्षा दिनु पर्छ जस्तो लाग्छ मलाइ ।