पालिका विकासका लागि जनताको माग
Wednesday, March 23rd, 2022, 9:10 pm
Kalpristha
बाँकेको जानकी गाउँपालिकाका नागरिकहरुले गाउँपालिकाको विकासप्रति चिन्ता ब्यक्त गर्दै गाउँपालिकासंग विकासका बिभिन्न माग राखेका छन् । गाउँपालिका भित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो, सडक तथा पुल निर्माणमा गाउँपालिका र वडाको ध्यान जान नसकेको भन्दै नागरिकहरुले विकासको माग गरेका हुन् । बाटो घाटो, सडक र पुलको समस्या संगै सुकुम्बासी समस्या, स्वास्थ्य, शिक्षाको गुर्णस्तर, लागुपदार्थ दब्र्यशनको समस्य, खेलकुद, सामाजिक विकास लगाएतको विषयमा नागरिकहरुले जनप्रतिनिधिहरुको ध्यानाकर्षण गरेका छन् ।
बुधवार बास नेपालको सहजिकरणमा जानकी गाउँपालिकामा भएको सार्वजनिक सुनुवाईमा प्रश्न गर्ने अधिकाँस सहभागिहरुले शिक्षा स्वास्थ्य, सामाजिक विकास भन्दा पनि बाटो, घाटो, सडक र पुल पुलेसाकै समस्या राखेका थिए । पालिकाले हरेक वर्ष वजेटको धेरै हिस्सा बाटो घाटो र सडकमै लगानी गर्दै गएको भएपनि अझैं धेरै ठाउँहरुमा बाटो, सडक तथा पुलको समस्या कायमै रहेको नागरिकहरुको भनाइ थियो ।

कार्यक्रममा सवाल गर्दै स्थानीय
नागरिकहरुले उठाएका सवालहरुको जवाफ दिदै गाउँपालिका कार्यबाहक अध्यक्ष भुमिसरा धितालले पालिका भित्रका सबै टोल तथा बस्ति जोड्ने गरि बाटो तथा सडक निर्माणमा गाउँपालिका लागिपरेको बताइन । यो अवधिमा धेरै ठाउँमा बाटो कालोपत्रे सहित ग्रावेल सडकहरु निर्माण भएको भन्दै का.वा. अध्यक्ष धितालले भनिन “सबै विकास एकै पटकमा सम्भव हुदैन आवश्यक्ताको आधारमा क्रमागत रुपले विकास हुर्दै जान्छ बाँकी कामहरु आगामी दिनमा गर्ने योजना बनाएर अगाडी बढेका छौं ।” सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वस बहादुर राना, वडा नम्बर ४ का वडा अध्यक्ष बिश्राम वर्मा, वडा नम्बर ६ का वडा अध्यक्ष सुरेश अहिर, कार्यपालिका सदस्य टिकाराम सुनार र बिभिन्न शाखाका शाखा प्रमुखले सहभागिहरुले गरेको प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा सवाल गर्दै स्थानीय
सुनुवाइमा उठेका सवालहरुलाई समेटेर ७ बुदे साझा सार्वजनिक प्रतिवद्धताको घोषण गरिएको छ । ब्यक्त गरिएका प्रतिवद्धताहरुमा गाउँपालिकाले सञ्चालन गर्ने योजना र कार्यक्रम सम्पन्न पश्चात खर्च विवरण सबैले थाहा पाउने गरी सार्वजनिक गर्ने, पालिका अन्र्तगत रहेका स्वास्थ्य संस्था र विद्यालयको सेवालाई प्रभावकारी बनाउन नियमित अनुगमन गर्ने, पालिका भित्रको सडक बन्न बाँकी रहेको क्षेत्रमा सडक निर्माण गर्न प्राथामिक्ताको आधारमा आश्यक योजना निर्माण गरी कार्यान्वयन गर्ने, गाउँपालिकाभित्र पर्ने मानपुर सडकखण्ड र परस्पुर सडखण्डको निर्माण कार्य अवरोध भएकाले समस्या समाधानका लागि सडा डिभिजन कार्यालय लगायत निकायको ध्यानाकर्षण गर्ने, जानकी गाउँपालिका वडा नम्बर १ को शिवपुरीमा अवस्थित अमेलिया नाला नालामा रहेको पुल भत्कि आवतजावतमा समस्या भएको गुनासो आएकाले पुल निर्माणका लागि आवश्यक पहल गर्ने लगायत रहेका छन् ।
बासका निर्वतमान अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईको शुरुवातमा उपाहानगरपालिकाले गरेको कार्यक्रम तथा उपलब्धिहरुको बारेमा जानकारी गाउँपालिकाकी कार्यबाहक अध्यक्ष भुमिसरा धितालले गरेकी थिइन् । बासका महासचिब शिव कुमार वर्माले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारेको सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्र सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको थियो । सुनुवाइमा २०० स्थानीय नागरिकहरुको सहभागिता रहेको थियो ।