‘खजुराको भविष्य कृषिमा छ’
Thursday, March 24th, 2022, 9:45 pm
Kalpristha
खजुरा गाउँपालिकाको भविष्य कृषिमा रहेको पालिका उपाध्यक्ष एकमाया विकले बताएकी छिन् । उपाध्यक्ष विकले खजुरा कृषिको उर्भर भूमि रहेको बताउँदै, कृषिमा जोड दिनुपर्ने बताइन् ।
खजुरा गाउँपालिकामा संचालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत आयोजित सहकारी सदस्यता अभिवृद्धि अभियानको तेश्रो दिनको कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष विकले खजुरामा कृषिभन्दा अरु विकल्प नरहेको बताइन् । उनले समुहमा आवद्ध महिला दिदिबहिनीहरुलाई सहकारीमा आवद्ध हुन पनि गरिन् ।
परियोजना कै अग्रसरतामा विभिन्न समूहमा आवद्ध महिलाहरुले अब सहकारीको बाटोमा हिड्ने पर्नेमा उनले जोड रहेको थियो ।
विकले खजुरामा उद्योग, कलकारखाना, नदिजन्य पदार्थ तथा आन्तरिक श्रोतहरु नभएका कारण खजुराले मुख्य गरी कृषिमै जोड दिइनुपर्ने बताइन् ।
खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा संचालित परियोजनाका लागि हेफर प्रोजेक्ट नेपालले प्रावधिक सहयोग गरिरहेको छ भने इन्रुडेक नेपालले सहजिकरण गरिरहेको छ । जस अन्तर्गत खजुराका स्थानिय कृषि उत्पादनसँग जोडिएकाले पनि कृषिलाई नै मुख्य फोकस गर्नपर्नेमा उपाध्यक्ष विकको मुख्य जोड थियो ।
परियोजना मार्फत खजुराका तीन हजार महिलालाई सहकारीमा आवद्ध गर्दै उनीहरुको आर्थिक, समाजिक रुपमान्तरण गरिन लागिएको छ । अभियान अन्तरगत खजुरा वडा नम्बर १ र २ का महिलाहरुलाई सहकारीमा आवद्ध गराउँदा हुने फाइदाका बारेमा अभियानको तेश्रो दिन जानकारी दिइएको छ ।
व्यवसाय विकासका लागि उत्पादन सामाग्री मल, बीउ, प्राविधिक सेवा, खोप जुकाको औषधि, वित्तीय सेवा बचत ऋण र बिमा, संस्थागत गरिने, बजाजीकरण गर्न मार्केट सेन्टरको खोजी लगायतका थुप्रै फाइदाका लागि समूहका महिलालाई सहकारी जोड्न लागिएको इन्रुडेक नेपालका अध्यक्ष धर्मलाल रोकायले जानकारी दिए ।
३ वर्षे परियोजनामा करिब ४ करोड लागत खजुरा गाउँपालिकाले छुट्टाएको छ । वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा इन्रुडेकका अध्यक्ष धर्मलाल रोकाय, हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत शरद पोख्रेल, वडा सदस्य, पशु सेवा शाखाका पशु सेवा प्रावधिक बुद्धि बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो । यो कार्यक्रम वडा २ मा वडाध्यक्ष देविलाल शर्माको अध्यक्षतामा संचालन गरिएको थियो ।