सासु
Saturday, March 26th, 2022, 12:43 pm
Kalpristha
’बुहारी आज तिमीसँगै म नि जान्छु है !’ सविता बाहिर जान लागेको देखेर सासु नि हत्तपत्त कोठामा पसेर लुगा लाउन थालिन् ।
’लौ यी आमैलाई फेरि किन जानु पर्ने होला! के के किन्ने हुन…….. ।’ उनले दिक्क मान्दै थप दुई हजार रुपैयाँ दराजबाट झिकेर सानो पर्समा राखिन् ।
’सिधै भाटभटेनी नै जाउँ है बुहारी!’ चाउरिएको अनुहार हँसिलो पारिन आमाले ।
’हजुरलाई निकै सामान किन्नु छ कि क्याहो?’ सविताले शंका गरिन् ।
’छ नि!’ आमा मिठो मुस्कुराईन् ।
भाटभटेनी पुगेपछि आमाले श्रींगारका सामानहरु क्रीम, लिप्स्टिक, नेलपोलिस आदी छान्न थालिन् ।
आमाको ताल देखेर सविता छक्क परिन् ’यी आमैलाई यस्ता सामान किन चाहिएको होला? फेरि सबै मैले लगाउने खाल्कै पो रोजिन् त! पक्कै पनि छोरीलाई दिन होला, यीनकी छोरीलाई मैले जे लायो त्यही चाहिने!’
’बुहारी हेर त यो कस्तो छ?’
’ठिक छ आमा!’ उनी झस्कदै छोटो उत्तर दिइन् ।
सामान लिएर दुवै पैसा तिर्ने ठाउँमा पुगे ।
’यो सामानको पैसा मै तिर्छु बुहारी तिमीले पर्दैन ।’ सविताले विल अनुसारको पैसा तिर्न खोज्दै गर्दा आमाले रोकिन् ।
सविताले भान्साको केही सामान लिएपछि उनीहरु सिधै घर फर्के ।
सविता भान्साका सामान थन्काएर कोठा तिर लाग्दा आमाले उनलाई रोकिन् र हातमा भएको झोला दिदैँ भनिन् ’बुहारी यो पनि लैजाउ ।यो तिम्रो लागि हो । तिमी श्रींगार गरेर हिड्दा साँच्चै राम्री देखिन्छौ ।’
मोरङ्ग