कर्मचारी मिलन केन्द्रको अध्यक्षमा खडानन्द
Sunday, March 27th, 2022, 5:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ चैत
खडानन्द अधिकारीको अध्यक्षतामा कर्मचारी मिलन केन्द्र बांकेको नयाँ कार्यसमिति चयन गरिएको छ । कोहलपुरमा शनिबार भएको अधिवेशनबाट कोष तथा लेखा नियन्त्रक कार्यालय बांकेका प्रमुख कोष नियन्त्रक खडानन्द अधिकारी, उपाध्यक्षमा जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख गोबिन्द प्रसाद पाण्डे, सचिवमा औद्योगिक क्षेत्र लिमिटेडका कार्यालय प्रमुख कृष्ण पुन, सह सचिवमा कुखुरा विकास फर्म खजुराका कार्यालय प्रमुख डा.शंकर न्यौपाने, कोषाध्यक्षमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका कार्यालय प्रमुख अमित भूषण सुमनलाई चयन गरिएको छ ।
कार्य समितिको सदस्यहरुमा जिल्ला अदालत बांकेका श्रेस्तादार तर्कराज भट्ट, औषधी व्यवस्था कार्यालयका कार्यालय प्रमुख निनु श्रेष्ठ, खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयका कार्यालय प्रमुख सन्तोष दाहाल, कर्मचारी संचय कोष कोहलपुरका अधिकृत मनोज लामिछाने, डिभिजन वन कार्यालय बांकेका, सहायक वन अधिकृत गणेश बहादुर खड्का, कृषि अनुसन्धान निर्देशनालय खजुराका प्राविधिक अधिकृत सुमन बोहोरा र रविन गिरी तथा नेपालगन्ज उप–महानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठ लाई चयन गरिएको छ ।
अधिवेशनले मिलन केन्द्रको सल्लाहकारमा जिल्ला अदालत बांकेका न्यायधिश खडानन्द तिवारी, संरक्षकमा बांकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की, प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी, सशस्त्रप्रहरी उपरिक्षक जनकराज बस्नेत, उप अनुसन्धान निर्देशक नरेन्द्र गिरीलाई समेत चयन गरेको छ । नवनिर्वाचित कार्य समितिले नियमित रुपमा विभिन्न कार्यक्रम गर्ने योजना समेत बनाएको छ ।