बाँकेमा ३ लाख २९ हजार ४ सय ७३ मतदाता
Monday, March 28th, 2022, 11:38 am
Kalpristha
स्थानीय तह निर्वाचन– २०७९
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ चैत
१ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउने भएका छन । आइतबार निर्वाचन आयोगले प्रदेश र जिल्लामा रहेका मतदाताहरुको नामावली संख्या र मतदान स्थल सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका अनुसार बाँकेमा ३ लाख २९ हजार ४ सय ७३ मतदाताले मत हाल्न पाउनेछन भने बाँकेमा १ सय ३६ वटा मतदान स्थल र ३ सय ७९ मतदान केन्द्र तोकिएको छ ।
बाँकेका कुल ८ स्थानीय तहमा पुरुष मतदाता १ लाख ६७ हजार ३ सय ४९, महिला मतदाता १ लाख ६२ हजार १ सय १७ र अन्य ७ जना मतदाता रहेका छन ।
निर्वाचन आयोगका सहायक प्रवक्ता एवम् उप–सचिव सूर्यप्रसाद अर्यालका अनुसार ८९ लाख ९२ हजार १० पुरूष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ जना अन्य गरी कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता हुने भएका छन ।
चुनावको लागि १० हजार ७ सय ५६ मतदानस्थल हुने भएका छन भने २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएको छ ।
आयोगले आइतबार सार्वजनिक गरेको तंथ्याक अनुसार लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७ मतदाता संख्या रहेको छ भने १ हजार ६ सय २९ मतदान स्थल र ३ हजार ८ सय ३२ मतदान केन्द्र तोकिएको छ ।
आयोगका अनुसार प्रदेश अनुसार कर्णाली प्रदेशमा सबैभन्दा कम मतदाता संख्या रहेको छ भने बागमती प्रदेशमा सबैभन्दा बढी मतदाता संख्या रहेको छ । कर्णालीमा १० लाख १ हजार २ सय ८२ मतदाता रहेका छन भने बागमती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९ मतदाता संख्या रहेको छ ।
यसैगरी बाँकेका आठ स्थानीय तहमध्ये सबै भन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा ८१ हजार ७ सय ९४ मतदाता रहेका छन भने सबै भन्दा कम नरैनापुर गाउँपालिकामा १८ हजार ५ सय ९९ मतदातासंख्या रहेको छ ।
कोहलपुर नगरपालिकाको मतदाता संख्या ५६ हजार ७ सय ९७, खजुराको ३७ हजार २ सय ६४, जानकीको २२ हजार ८ सय २९, डुडुवाको २२ हजार २ सय ५५, बैजनाथको ४५ हजार १ सय २३ र राप्तीसोनारीको मतदातासंख्या ४४ हजार ८ सय १२ रहेको छ ।