हरियाणालाई भलिबल प्रतियोगिताको उपाधि
Monday, March 28th, 2022, 8:38 pm
Kalpristha
भारतको हरियाणा स्पोर्टस क्लबले आठौं सगरमाथा प्रधानमन्त्री कप अन्तराष्ट्रिय आमन्त्रण महिला भलिबलको उपाधि जितेको छ ।
नेपालगन्ज स्थित कभर्ड हलमा सोमबार भएको फाइनल खेलमा हरियाणाले नेपाल पुलिस क्लबलाई २६–२४, २५–२१, २५–२३ले हरायो । उपाधिसँगै हरियाणले ५ लाख र नेपाल पुलिस क्लबले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । यसैगरी त्रिभुवन आर्मी क्लबले न्यु डायमन्ड एकेडेमीलाई
२६–२४, २५–८, २६–२४ ले हराउँदै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको आर्मीले १ लाख र चौथो स्थान प्राप्त गर्ने डायमन्डले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
चैत १० देखी नेपालगन्जमा सुरु भएको प्रतियोगितामा नेपालका चार र भारतीय दुइ गरी छ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई मिस नेपाल वल्र्ड २०२० नम्रताश्रेष्ठ, नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा.धवलशम्सेर राणा, पश्चिम कमान्ड सेनापति उपरथी प्रेम शाही,ओलम्पियन दीपक विष्ट, राष्ट्रिय तथाअन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपकश्रेष्ठ, कोषाध्यक्ष आङबाबु लामा, युक्यानकासिइओ राजनमहर्जन, सगरमाथा सिमेन्टका प्रतिकअधिकारी, भैरवप्रसाद गणका गणपती जनमतकार्की लगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरेका थिए ।