कृष्णसार एफएमले मनायो १४औं वार्षिक उत्सव
Tuesday, March 29th, 2022, 9:12 am
Kalpristha
नेपालगन्जको १४ सम्भावाको खोजी
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ चैत
पश्चिम नेपालको लोकप्रिय सामुदायिक रेडियो कृष्णसार एफएम (९४ मेगाहर्ज)ले आफनो १४औं वार्षिक उत्सव मनाएको छ । सोमबार नेपालगन्जमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै कृष्णसार एफएमले वार्षिक उत्साव मनाएको हो ।
१४ वर्षमा प्रवेश गरेको अवसरमा कृष्णसारले नेपालगन्जका १४ सम्भावनाको बारेमा अन्तरक्रिया गरेको थियो । नेपालगन्जका विभिन्न क्षेत्रका प्रतिनिधिमुलुक व्यक्तिहरुको सहभागितामा एफएमले नेपालगन्ज अब कस्तो बन्न सक्छ, सहरको विकासका लागि यहाँका सम्भावना के–के हुन सक्छन भन्ने बारेमा छलफल गरिएको थियो ।
नेपालगन्जलाई कसरी चिनाउने, नेपालगन्जको सम्भावना कस्ता– कस्ता क्षेत्रमा छन, कस्ता परिवर्तन भएका छन भन्ने बारेमा सहभागीले आफना भनाई राखेका थिए । कृष्णसार एफएमका कार्यकारी निर्देशक तुला अधिकारीले कृष्णासार एफएमको सुरुआत समय देखी हालसम्म प्राप्त गरेका उपलब्धीका बारेमा बताएका थिए ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरी, नेकपा एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपति, नेपाली कांग्रेस बाँकेका उप सभापति गोपाल अधिकारी, सचिव सुधान्सु कोइराला, अधिकारकर्मी भोला महत, विश्वजित तिवारी, आशिष बर्मा, साहित्यकार धनमाया लूइटेल रिचा लगायतले नेपालगन्जका सम्भावनाका बारेमा आफनो अनुभव सुनाएका थिए ।
पश्चिम नेपालमा लोकप्रिय रेडियोका रुपमा स्थापित भएको कृष्णसारले २०५६ चैत १४ गते बेलुका ६ बजेर ५५ मिनेटमा एउटा भजन बजाएर रेडियोको सुरुआत गरेको थियो । २ हजार वाट क्षमता रहेको कृष्णसार एफएमले कोभिड समयमा पनि उत्कृष्ट रुपमा आफनो कार्यक्रमलाई संचालन गर्दै जनतालाई सुचना सम्प्रेशण गर्ने काम गरेको थियो ।