सेवाहरु विस्तार गर्दै कान्ति आरोग्य अस्पताल
Tuesday, March 29th, 2022, 3:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ चैत
आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालगन्जमा गुणस्तरीय सेवा दिने उद्देश्यका साथ कान्ति आरोग्य अस्पतालले इमरजेन्सी सेवा सुरु गरेको छ ।
नेपालगन्ज सुर्खेत रोड धम्बोझीमा रहेको अस्पतालले यसै साता देखी २४ सैं घण्टा इमरजेन्सी सेवासँगै प्रस्तुती सेवा, सल्यक्रिया लगायतका अन्य सेवा सुरु गरेको कान्ति आरोग्य अस्पतालका प्रबन्ध निर्देशक सन्दिप कुमार अग्रवालले बताए ।
गत महिना नेपालगन्जमा पहिलो पटक कान्ति आरोग्य अस्पतालमा दुरबीन प्रविधिको माध्यमबाट पित्तथैलीको अप्रेसन गरिएको थियो ।
कान्ति आरोग्यले आफनो सेवा विस्तार गर्ने क्रममा थप सुविधा सहित इमरजेन्सी सेवा सुरु गरेको अस्पताल प्रशासन प्रमुख धनमाया लुइटेल ‘रिचा’ले बताइन ।
उनले भनिन,‘हामी स्वास्थ्य क्षेत्रमा जनतालाई गुणस्तरीय सेवा दिने लक्ष्य सहित आएको हौं । त्यसै अनुरुप हामीले सेवा विस्तार गरिरहेका छौं ।’
बिशेषज्ञ सेवाहरु विस्तार गरिरहेको कान्तिले नवजात शिशु तथा बालरोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन, जनरल मेडिसिन अन्तर्गत सुगर, ब्ल प्रेसर, मुटुरोग, पेट, छाती, कलेजो रोग सम्बन्धी सम्पुर्ण उपचार, हाडर्जोनी, नसा तथा बाथरोग, छाला तथा चर्म रोग, न्युरो सर्जन, रगत क्यान्सर, रगत सम्बन्धी सम्पुर्ण रोग, नाक, कान, घाटी रोग, जनरल सर्जरी, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला, एनआसियु, पिआइसियु सेवा, सबै किसिमका खोप सेवाहरु र एम्बुलेन्स सेवा उपलब्ध रहेको जनाएको छ ।