भुक्तानी सेवाको लागि एनआइसी एसिया र एससिटी बिच सम्झौता
Tuesday, March 29th, 2022, 3:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १५ चैत
स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड(एससिटी) र एनआइसी एसिया बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको लागि सम्झौता भएको छ ।
काठमाडौंमा भएको एक कार्यक्रममा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआइसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एससिटी नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त कम्पनी हो । सम्झौता पश्चात बिभिन्न व्यापार–व्यवसाय गर्दै आएका व्यवसायिहरूले एनआइसी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो छ ।
बिगत २० वर्षदेखि बिभिन्न भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एनआइसी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने एनआइसी एसिया बैंकले जनाएको छ ।