‘युरोबेबी जोनलाई रियल स्कुल बनाउने सोच छ’
Sunday, April 10th, 2022, 6:07 pm
Kalpristha
हाम्रो आर्थिक अवस्थाले भ्याएसम्म हामिले एकदमै रियल स्कुल बनाउने सोचमा छौं र वातावरण सबै अनुकुल रह्यो भने अलि ठूलो एरिया लिएर यहाँका विद्याथीहरु जो बाहिर काठमाडौँ, पोखरा, नयाँ दिल्ली, देहेरादुन, लखनउ जान्छन् ती विद्यार्थीलाई रोक्नका लागि त्यहाँको त्यो स्ट्यान्डरको एउटा विद्यालय खोल्ने सोच बनाएका छौं ।
युरोबेबी जोन स्कुल अरुभन्दा कसरी फरक छ । स्कुलमा भएका सुविधा कस्ता छन् ?
शिक्षा क्षेत्रको अनुभवका कारण हामीले युरोबेबी जोनलाई वैज्ञानिक पद्धति र प्रविधिमा आधिरित शिक्षामा जोड दिएर संचालन गरेका छौं । मैले शिक्षा क्षेत्रमा काम गरिरहँदा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पाँच सयदेखि सात सय विद्यालयहरुको अवलोकन, भ्रमण गर्ने मौका पाएको छु । त्यो दौरानमा मैले युरोबेबी जोनको परिकल्पना गरेको हुँ ।
यसको संचालन गर्ने तरिका परिमार्जन गर्ने हामीलाई अनुभुति भयो । मैले त्यही कन्सेप्टको आधारमा युरोबेबी जोनको स्थापना गरेको हुँ । वास्तवमा विद्यालय भनेको बच्चा बच्ची घरदेखि टाढा गएर शिक्षा सिक्ने ठाउँ भएकोले विद्यालय एकदमै स्वच्छ र पवित्र उद्देश्यको साथ स्थापित हुनु पर्छ र विद्यालयको प्रगतिको लागि धेरै कुराको आवश्यकता पर्दो रहेछ । हामीले सिमित स्रोत र साधनको भरमा खासै प्रभावकारी विद्यालय संचालन गर्न सकेका रहेन छौं, भन्ने मलाई लाग्यो । एउटा अन्तर्राष्ट्रियस्तरको विद्यालय स्थापना गर्न सुरुवातदेखि हामीले यसलाई उच्चस्तरको बनाउने प्रयास गरेका छौँ र भई पनि रहेको छ । हाम्रो विवेकले भ्याएसम्म उत्कृष्ट शिक्षा दिने प्रयास गर्छाैं र गरिरहेका छौं ।
सिकाईलाई प्रभावकारी बनाउन कस्तो प्रविधिको प्रयोग गर्नुहुन्छ ?
मैले एउटा एशियन देशको विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षकहरुसँग अन्तरक्रिया गर्ने मौका पाएको थिए । त्यो विद्यालय बिहान ६ बजेदेखि सुरु हुन्थ्यो । त्यो विद्यालय अवलोकन गरिसकेपछि मैले विद्यालय क, ख, र ए, बि, सि पढ्ने ठाउँमात्र रहेनछ भन्ने मैले बुझेँ ।
विद्यालयमा ६ बजे योगा क्लास र त्यसपछि विद्यार्थीहरुको सरसफाइ र त्यसपछि पढाइ र ब्रेक, ब्रेक टाइममा लन्च र त्यसपछि फेरी स्र्पोट्स र फेरी त्यसपछि पढाइ गरी विद्यालय संचालन भैरहेको देखेँ । एक साताको अवलोकनमा देखेको कुरालाई युरोबेबी जोनमा पनि प्रयोग गर्ने प्रयास गरिएको हो ।
हामिले बिहानै बालबालिकालाई रिसिभ गर्छौं र गर्मीमा एसि र चिसोमा हिटरदेखि लिएर खाजाको व्यवस्था गरेका छौं । विद्यालय प्रवेश गर्ने बित्तीकै वेलकम स्न्याक्स हुन्छ । त्यसमा दूध र त्योसँग ठोस केहि चिजहरु फलफूलहरु खुवाइन्छ र त्यसपछि बच्चाबच्चीको एकेडेमिक कार्यहरु हुन्छ । त्यसपछि ब्रेक हुन्छ र ब्रेकमा लन्च र फेरी त्यसपछि एकेडेमिक कार्यहरु हुन्छ । यसैगरी सात दिनको सातवटा फरक यस्तै खालका एक्टिभिटिज हुन्छ र बच्चाबच्चीलाई हामीले टेक्नोलोजीसँग जोड्न खोजेका छौं । खासगरी बच्चाबच्चीले किताब मात्रै पढ्ने घोक्ने हैन, उनीहरुले आफैँ पढ्ने स्र्माट क्लासहरु, प्रोजेक्टर बेस क्लासहरु, फिल्ड भिजिटहरुलगायतका प्रक्रियाहरु जोडेर हामीले स्कुल संचालन गरेका छौं ।
बालबालिकाको सिकाईलाई बढी प्रभावकारी बनाउन के गर्न सकिन्छ ?
कुनै पनि बच्चालाई एउटा वातावरण नमिलेको क्लासमा राखेर पाठ पढाउनुहोस् त्यो बच्चाले केहि पनि बुझेको हुँदैन । १३ वर्ष पढेर म्याथ, साइन्स, अप्सनल म्याथमा एक नम्बर ल्याउने विद्यार्थी हामीले देखेकै हो । तर एउटा मुभि भने विद्यार्थीले कन्ठै पार्छ । हामीले विद्यार्थीलाई केहि पढाउन सिकाउन भन्दा अगाडि त्यस किसिमको वातावरण दिन सक्नु पर्छ अनि विद्यार्थीले जे पढायो त्यही सिक्न सक्छन् । हाम्रो म्यानेजमेन्ट पाटो ठूलो कुरा हो । विद्यालयका शिक्षक र अभिभावकहरुले धेरै दिन सक्छन्, बच्चाहरुलाई तर त्यसको लागि व्यवस्थापन चुस्तदुरुस्त हुनुप¥यो ।
सिकाईका लागि शान्त वातावरण हुनु प¥यो । सबैभन्दा पहिले विद्यार्थी तयार हुनु प¥यो सिक्नलाई त्यसको लागि धेरै कुरा हुन्छ आउटिङ हुन्छ । एक्स्ट्रा करिकुलम एक्टिभिटिज हुन्छ, नचाउने, गीत गाउन लगाउने यस्ता धेरै खालका क्रियाकलापहरु विद्यार्थीलाई गराउन पर्छ । जसरी लोहारले तातेको फलामलाई पिट्दा जस्तो भन्यो त्यस्तै आकार बन्छ । त्यसैगरी विद्यार्थीलाई पनि सबै किसिमको वातावरण मिलाएर सिकाइयो भने त्यस्तै बन्छ भन्ने मेरो बुझाँइ रहेको छ ।
अब आउने दिनहरुमा युरोबेबीलाई कसरी अगाडि बढाउने सोच बनाउनु भएको छ ?
हाम्रो आर्थिक अवस्थाले भ्याएसम्म हामीले एकदमै रियल स्कुल बनाउने सोचमा छौं र वातावरण सबै अनुकुल रह्यो भने अलि ठूलो एरिया लिएर यहाँका विद्याथीहरु जो बाहिर काठमाडौँ, पोखरा, नयाँ दिल्ली, देहेरादुन, लखनउ जान्छन् । ती विद्यार्थीलाई रोक्नका लागि त्यहाँको त्यो स्ट्यान्डरको एउटा विद्यालय खोल्ने सोच बनाएका छौं । हाम्रो सबै वातावरण मिल्यो भने दुई चार वर्षमा खोल्ने सोच छ । र नेपालगन्जलाई एउटा रियल स्कुल दिने इच्छा छ र सबैको सहयोग मिल्यो भने पूरा पनि गर्नेछु ।