धवललाई बिरासत जोगाउन चुनौति
Sunday, April 10th, 2022, 8:43 pm
Kalpristha
नेतृत्व परिवर्तनको पक्षमा रहेका राणाले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन युवा पुस्ता आवश्यक रहेको बताउँदै लिङ्देनको दरिलो सारथी बनेर प्रस्तुत भए । त्यसयता राणा र थापाको सम्बन्ध त्यति राम्रो छैन । चुनावमा राणाले कमल थापालाई अब नेतृत्व छोड्नु पर्ने दबाब दिँदै आफ्नो लक्ष्य पूरा गरे । तर अहिले स्थानीय निर्वाचन नजिकिँदै गर्दा राणाका लागि कमल थापा पनि चुनौति बनेका छन् ।
कमल खत्री
राप्रपाको केन्द्रीय नेतृत्व अहिले युवा पुस्ताको हातमा छ । जसको अध्यक्ष छन् पूर्वका राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलसमशेर राणा ।
काठमाडौंमा भएको निर्वाचनमा राप्रपाका दरिलो खम्बाका रुपमा चिनिएका कमल थापा लिङ्देनसँग अध्यक्षमा पराजित भएका थिए । प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व छनोट गर्दा राप्रपाले ठूलो मूल्य चुकाउनु प¥यो । राप्रपामा लामो समय नेतृत्व तहमा रहेका कमल थापाले पार्टी नै छोडे । अहिले उनी राप्रपा नेपाल पार्टीलाई अगाडि बढाइरहेका छन् । चुनाव सकिएपछि आफू हार्नुमा दरबारको सक्रिय भूमिका रह्यो भनेर कमल थापाले सार्वजनिक रुपमा आलोचना गर्ने गरेका छन् ।
थापालाई पार्टीभित्र कमजोर बनाउने युवा पुस्ताको नेतामा पर्छ राजेन्द्र लिङ्देन र नेपालगन्ज मेयर डा. धवल समशेर राणा । पार्टी भित्र कमल थापाको कंटर आलोचकका रुपमा चिनिन्छन् राणा । राणाको भूमिकाले कमल थापालाई चुनावमा हारसम्म लगेको थियो ।
नेतृत्व परिवर्तनको पक्षमा रहेका राणाले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन युवा पुस्ता आवश्यक रहेको बताउँदै लिङ्देनको दरिलो सारथी बनेर प्रस्तुत भए । त्यसयता राणा र थापाको सम्बन्ध त्यति राम्रो छैन । चुनावमा राणाले कमल थापालाई अब नेतृत्व छोड्नु पर्ने दबाब दिँदै आफ्नो लक्ष्य पूरा गरे । तर अहिले स्थानीय निर्वाचन नजिकिँदै गर्दा राणाका लागि कमल थापा पनि चुनौति बनेका छन् । कमल थापाले यसै साता नेपालगन्जमा आएर डा. धवललाई ‘काउन्टर अट्याक’ गर्दै राप्रपाबाट वडा अध्यक्ष जितेका २ जनालाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् ।
थापाले संगठन विस्तार गर्ने क्रममा पार्टीका पुराना र नयाँ नेतालाई भेटेर केहिलाई पार्टी प्रवेश गराएर फर्किएका छन् । धवलले नेपालगन्जको मेयरमा जित्दा २३ मध्ये ३ वटामात्र वडा राप्रपाले जितेको थियो । ३ मध्ये २ वडामा चुनाव जितेका वडा अध्यक्ष कमल थापाको साथमा लागेका छन् । वडा नम्बर ५ का अध्यक्ष कैफुल बरा जोलाहा र वडा नम्बर ८ सुरेन्द्र गुप्ताले कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालमा प्रवेश गरे । यसले राणालाई आउँदै गरेको स्थानीय निर्वाचनमा ठूलो धक्का लागेको छ ।
धवल नेपालगन्जको मेयरमात्र होइनन् । पार्टीको महामन्त्री पनि हुन् । गएको स्थानीय तहको निर्वाचनमा राप्रपाको नतिजा त्यति राम्रो थिएन । तर धवल, राजेन्द्र लिङ्देन जस्ता नेताले चुनाव जित्दैं राप्रपालाई बलियो रुपमा प्रस्तुत गरे । यसपटकको स्थानीय निर्वाचनमा धवललाई नेपालगन्जको मेयरको विरासत जोगाउने चुनौति छ । त्यसले पनि उनको पार्टीको भित्रका प्रभाव, पोजिसनलाई देखाउनेछ । त्यसका लागि धवलले अहिले निकै मिहिनेत गरिरहेका छन् ।
वैशाख ३० गतेको निर्वाचनमा राम्रो नतिजा निकाल्ने रणनीतिअनुसार राणाले नेकपा एमालेसँग गठबन्धन गर्ने कसरत गरिरहेका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर गठबन्धनको सम्भावनालाई बढाउन खोजेका छन् । तर उनलाई एमालेसँग गठबन्धन त्यति सहज भने छैन । किनकी कमल थापा पनि एमालेसँग गठबन्धन गर्ने दाउमा छन् । यस्तो अवस्थामा नेपालगन्जमा राप्रपाको बिरासत जोगाउने चुनौति छ, मेयर राणाका अगाडि ।
नेपालगन्जमा एमालेसँग गठनबन्धन गरेको अवस्थामा राप्रपाले सम्भवत उपमेयरको पदको उम्मेदवार पाउने सम्भावना छ । गठबन्धन नभएको अवस्थामा राप्रपाले एक्लै चुनाव लडनु पर्नेछ । त्यसको लागि राप्रपामा ‘हाइप्रोफाइल लिडर’ को कमी छ । त्यसलाई चिर्नको लागि थुप्रै चुनौति छन् राप्रपाको संगठन रयसका लिडर एवम् नेपालगन्जका मेयर डा. धवल सामु ।