भृकुटीको अध्यक्ष पुनः गजेन्द्रमान
Sunday, April 10th, 2022, 8:47 pm
Kalpristha
नेपालगन्जमा रहेको भृकुटी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमापुनः गजेन्द्रमानपतिचयन भएका छन् । शनिबार सम्पन्न सहकारीको १४ औं वार्षिक साधारण सभाबाट पतिलाई सर्वसम्मत चयन गरिएको हो । पतिले भृकुटी सहकारीमालगातार तीनकार्यकालअध्यक्षपदमा रहेर काम गरिसकेका छन् ।
साधारण सभाले नया“ कार्यसमितिको उपाध्यक्षमानन्दकुमार जोशी, सचिवमा सरला विष्ट र कोषध्यक्षमागंगा क्षेत्रीश्रेष्ठलाई सर्वसम्मतचयन गरेको छ ।
त्यस्तै सदस्यहरुमानिरक शर्मा, राम प्रसादमिश्रा, आशाराम डा“गी, मायाशार्मा र मंगल चन्दशाक्यसहित नौजनाको नया“ कार्य समितिको चयनगरिएको छ ।
सभाले तीन सदस्य लेखा सुपरिवेक्षण समितिसमेत चयन गरेको छ । जसमा लेखा समिति संयोजकमाबाबुरामआ“कुरालाई, लेखा समिति सदस्यहरुमाअनिता डिसी र श्री निवास अधिकारी चयन भए ।
साधारण सभामाबोल्दै अध्यक्षपतिले प्रस्तुत गरेको संस्थाको वार्षिक प्रतिवेदनअनुसार भृकुटीले आव २०७७÷०७८ मा ६ लाख ८५ हजार ५ रुपैयाँ खुदमुनाफा गरेको छ । यस अघिको आर्थिक वर्षमा सहकारीले ३९ लाख ६५ हजार ७ सय १० रुपैयाँ मुनाफा गरेको थियो । कोभिड १९ काकारण सहकारी सोचेजस्तो मुनाफालिननसकेको सहकारीकाकार्यकारी निर्देशक हरिओम रघुवंशीले बताए ।
डा. जनार्दन आचार्यको प्रमुुख आथित्यतामा सम्पन्न साधारण सभामाजिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र अधिकारी, नेपालगञ्ज उप–महानगरपालिका–१० का वडा अध्यक्ष विष्णुभुषण वस्नेतलगायतको सहभागिता रहेको थियो ।