१ हजार बढी ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा
Monday, April 11th, 2022, 9:47 pm
Kalpristha
खजुरा गाउँपालिका स्वास्थ्य शाखाले खजुराका १ हजार ६५ जना ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले संचालित ८ दिने निःशुल्क ज्येष्ठ नागरिक बिशेषज्ञ स्वास्थ्य शिबिरको अन्तिम दिन सोमबार सोनपुर स्वास्थ्य चौकीमा नागरिकलाई सेवा दिँदै सकिएको हो ।
शिविरको शुरूवात सितापुरबाट भएको थियो । खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेलका अनुसार ७० प्रतिशतमा मधुमेह र उच्चरक्तचाप, १० प्रतिशतमा वाथ, २० प्रतिशतमा अन्य विभिन्न समस्या देखाँ परेको थियोे ।
अभियानमा फिजिसिएन डा। शंकर के।सी।, डा। समीक्षा चन्द, डा।ईरफान शेषलगायत स्वास्थ्य शाखाको टीम रहेको थियोे । समापन कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया बिक, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदिप सुनार, वडा नम्बर ७ का वडा अध्यक्ष अतिउल्ला खाँ लगायतले ज्येष्ठ नागरिकको स्वास्थ्य समवेदनशीललाई ध्यान दिँदै घरदैलोमै निशुल्क सेवा दिइएको बताए ।
बिशेषज्ञ सेवाका डा. प्रकाश नाग र डा। पारस श्रेष्ठलगायत शिविरमा खटिएका स्वास्थकर्मीप्रति स्वास्थ्य शाखाले आभारी प्रकट गरेको छ ।