हिसानको केन्द्रीय उपाध्यक्षमा पोखरेल
Monday, April 11th, 2022, 9:50 pm
Kalpristha
उच्च माध्यमिक विद्यालय संघ (हिसान)ले आठौँ राष्ट्रिय महाधिवेशनबाट बाँकेका ईश्वर प्रसाद पोखरेललाई सर्वसम्मत केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् ।
शिक्षाविद् पोखरेल नेपालगन्जमा रहेको आदर्श माध्यामिक विद्यालयका तथा नेपालगन्ज बहुमुखी क्याम्पसका चिफ डाइरेक्टर हुन् ।
काठमाडौंको पार्क भिलेजमा चैत २५ र २६ गते संचालन भएको अधिवेशनमा बाँकेबाट पोखरेलसहित तीनजना चयन भएका छन् । अधिवेशनले बाँके, बर्दियाका हिसानका निवर्तमान अध्यक्ष अविन्द्र मिश्रा र शशी स्वार केन्द्रीय सदस्यमा चयन भएका छन् ।
हिसानको केन्द्रीय अध्यक्षमा पूर्व खेलकुद सदस्य सचिव रमेश सिलवाल चयन भएका छन् ।
कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा विभिन्न राजनीतिक दलहरुको पति उपस्थिति रहेको थियो ।
महाधिवेशनको अवसरमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान बहससमेत भएको छ ।
अध्यक्ष सिलवालले महाधिवेशनले देशभर संचालित निजी शिक्षालयहरू बीचको एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई ध्यानमा राखी गुणस्तीय शिक्षा प्रदान गर्न र माध्यमिक विद्यालय तथा उच्च शिक्षामा भएको लगानीलाई सुरक्षित राख्न वर्तमान समयमा आवश्यक रहेको उनले बताए ।
अध्यक्ष सिलवालले नेपालमै उत्कृष्ट शिक्षा भन्ने नाराका साथ हिसानले शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जिकिर गरे ।
कार्यक्रममा शिक्षा सम्बन्धि पाँच कार्यपत्र पनि प्रस्ताव भएको थियो भने उक्त कार्यपत्रमा छलफलसमेत भएको केन्द्रीय उपाध्यक्ष पोखरेलले बताए ।