सावित्राको ह्याट्रिक प्रेरित एपिएफ सेमिफाईनलमा
Tuesday, April 19th, 2022, 5:59 am
Kalpristha
कालपृष्ठ समाचारदाता
धनगढी, ५ वैशाख
सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपालएपिएफक्लबकैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्रीविवाइसीमहिलागोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमापुगेको छ ।
सोमवार तेस्रो दिनविराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम नेपालएपिएफक्लबअन्तिमचारमापुगेको हो । सेमिफाईनलमाअवएपिएफले अर्को विभागीय टोली नेपालआर्मी क्लबसँगप्रतिस्पर्धा गर्नेछ ।
एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहितपाँचगोल गरिन् । त्यस्तै अनिता बस्नेत सविता राना मगर र सरु लिम्बुले एक एकगोलगरिन् । पहिलो हाफको ३६ औंमिनेटमा पहिलो गरेकी सावित्राले खेलको ५१ औं मिनेटमा दोस्रो ७४ औं मिनेटमा तेस्रो ७९ औं मिनेटमा चौथो र ९० औं मिनेटमा पाँचौ गोल गरिन् ।
अनिताले खेलको ६२ औं मिनेटमा सरुले ७५ औ मिनेटमा र सविताले ८९ औं मिनेटमा गोल गरिन् । खेलमापाँचगोल गरेकीएपिएफकी सावित्रा भण्डारी ओम्यानअफ द म्याचभईन् ।
वनदेवीयुवाक्लबको आयोजनमाभईरहेको प्रतियोगिताअन्तर्गत मंगलबारआयोजकवनदेवीयुवाक्लब र कालिका स्पोर्टस एकेडेमीचितवनप्रतिस्पर्धा गर्नेछन् । यो अन्तिम क्वाटरफाईल खेल हो । यो खेलको विजेताले सेमिफाईनलमाविभागीय टीम नेपालपुलिस क्लबको सामनागर्नेछ ।
वैशाख १० गतेसम्म सञ्चालनहुने गोल्डकपमा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफीसहितनगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशिप्राप्तगर्नेछ ।
प्रतियोगितामाओम्यानअफदीम्याचलाई ५ हजार, त्यस्तै विभिन्नविधाकाउत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँप्राप्तगर्ने आयोजकक्लबकाअध्यक्ष सुसन जोशीले बताए । धनगढीमादिउँसो अत्यधिकगर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीनप्रतियोगिताआयोजनागरिएको हो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ ।