नेपालगन्जमा प्रशान्त र कमरुद्दीनको विकल्प छैन : पूर्वमन्त्री राई
Tuesday, May 3rd, 2022, 5:05 pm
Kalpristha
पूर्वमन्त्रीमोहम्मद ईस्तियाक राईले समग्र नेपालगन्जउप–महानगरपालिकाको विकास गर्नकालागिनगर प्रमुखमाप्रशान्त विष्ट र उप–प्रमुखमा कमरुद्दीन राईलाई निर्वाचित गराउनुको विकल्पनभएको बताएका छन् । उप–महानगरपालिकाचलाउनकालागिदुवैजना योग्य व्यक्तिभएको उनको भनाइ छ ।
मुस्लिम समुदायको महानपर्व ईदको अवसरमा नेपालगन्जको वीपी चोकमा मंगलबार बिहानशुभकामना साटासाट गर्दै उनले गठबन्धनलाई जिताउन जोड दिएको हुन् ।
ईदको शुभकामना साटासाट गर्न वीपीचोक पुगेकामुस्लिम र गैर मुस्लिम समुदायसँगबाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभाका सांसदसमेत रहेका राईले अबको पाँचवर्ष नेपालगन्जउप–महानगरपालिकाको विकास निर्माणमा विष्ट र राईलाई सेवागर्न दिन नेपालगन्जवासीलाई आग्रह गरे । नेपालगन्जकामुस्लिम समुदायले निर्वाचनमामतदान गर्दा एकपटक गम्भिर रुपले सोच्नुपर्ने राईको भनाई थियो ।
राईले नेपालगन्ज सहर सद्भावको सहर भएकाले गठबन्धनले पनि उमेदवारीमा धार्मिक समानुपातिक सहमागिता गराएको बताए । उनले नेपालगन्जमा हिन्दू र मुस्लिमको बाहुल्यतालाई मध्यनजर गर्दै मेयर र उप–मेयरमा हिन्दू र मुस्लिमको सहभागिता रहेको बताए ।
राईले नेपालगन्जको दीघकालीन विकास र एजेण्डा गठबन्धन सरकारसँग भएकाले नेपालगन्जवासीले गठबन्धनलाई विश्वास गर्नेमा दुई मत नभएको बताए ।
गठबन्धनले नेपालगन्जलाई सद्भावको नमूना सहर बनाउन जोड दिएका कारण बहुमतले गठबन्धनलाई जिताउन नेपालगन्जवासीलाई राईले अनुरोध गरेका छन् ।