यान्त्रीकरण कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न
Friday, May 6th, 2022, 11:38 am
Kalpristha
कालपृष्ठ समाचारदाता
राप्तीसोनारी, २३ वैशाख
साकारा कृषि सहकारी संस्था लिमिटेडले खाद्यान्न बिउ बिजन पुर्वाधार निर्माण र कृषि यान्त्रीकरण कार्यक्रमको प्रथम सामाजिक लेखा परिक्षण तथा सार्वजनिक सुनुवाई गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको सांसद विकास कोषले कृषि ज्ञान केन्द्र बाँके मार्फत साकार कृषि सहकारीलाई सहयोग गरेको ७२ लाख १ हजार ७ सय ६५ रुपैयाँको सार्वजनिक सुनुवाई गरिएको हो । बाँकेको १ नम्बर क्षेत्र अन्तर्गत सासद कृष्णा केसीले उक्त रकम साकारलाई दिलाउन सहयोग गरेकी थिइन ।
राप्तीसोनारीमा भएको कार्यक्रममा बिहिबार ७५ प्रतिसत अनुदानमा ३४ लाख बराबरको खाद्यन्न तथा विउ भण्डार गोदाम घर र थ्रेसिङ फलोरका लागि ५० प्रतिसत अनुदानमा ५ लाख ३४ हजार ४ सय ३१ रुपैयाँ बराबरको कृषि सामाग्री यन्त्र र सिँचाई सामाग्री, २७ लाख बराबरको ५० प्रतिसत अनुदान रकमको सार्वजनिक सुनुवाई गरिएको छ ।
यसैगरी उक्त कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाको मसिनो धान उत्पादन तथा प्रवद्र्धन कार्य अन्तर्गत मसिनो धानको विउ, कृषि यान्त्रिकरण सिँचाई सामाग्री सहित ६३ लाख ८९ हजार ९ सय ५० रुपैयाँ खर्च गरिएको कार्यक्रमको सार्वजनिक सुनुवाई गरिएको साकार कृषि सहकारीले जनाएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रमको अवसर पारेर बिहिबार सर्माट मोबाइल बेकिङ एप संचालन गरिएको छ । जसले सहकारीका सदस्यहरुको कारोबार गर्न सहज गराउने सहकारीलाई जमान सिंह वलीले बताए । यसका साथैं जियो कृषि एपद्धारा साकार कृषि सहकारीका सदस्यहरुलाई उत्पादन तथा मौसम सम्बन्धी जानकारी तथा कृषि उत्पादन सम्बन्धी जानकारी गराइएको थियो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल, राप्तीसोनारी गाउँपालिका कृषि प्रमुख चन्द्रा कुमारी शाही, साकार कृषि सहकारीका अध्यक्ष मनोज मौर्य, लेखा समिति संयोजक सुर्य प्रकाश घर्ती र सहकारीका सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।