जितको नजिक रहेको खजुरा गठबन्धनको भनाइ
Friday, May 6th, 2022, 3:06 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकामा चुनावी मितिका लागि सात दिन बाँकी रहँदै गर्दा जितको नजिक रहेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनले जनाएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर २ मा शुक्रबार निकालिएको शक्ति प्रदर्शन एवम् घरदैलो कार्यक्रमबाट गठबन्धनलाई चुनाव जित्नका लागि थप बलियो देखिएको गठबन्धनले जनाएको हो ।
खजुरामा गठबन्धनतर्फबाट अध्यक्ष पदका लागि डम्बर विक ‘तुफान’ को उम्मेदवारी रहेको छ । उनी माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्छन् भने नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेकी मञ्जु मल्ल भने कांग्रेसबाट प्रतिनिधित्व गर्छिन् ।
पालिकाको सबै पालिकामा गठबन्धनले शक्ति प्रदर्शन गर्दै घरदैलो कार्यक्रम गर्दै आएको छ । जसमा वडा नम्बर २ मा शुक्रबार अन्तिपपटक घरदैलो गर्दै शक्ति प्रदर्शन गरिएको हो । कार्यक्रममा वडा २ कामात्रै स्थानीय तथा राजनीतिक पार्टीले सहभागिता जनाएका थिए । रिमझिम चोकदेखि निकालिएको शक्ति प्रदर्शनमा ५ सय बढी स्थानीयको सहभागिता रहेको थियो ।
.
जनतासँग भोट माग्ने क्रममा गठबन्धनका उम्मेदवारले खजुराको विकासका लागि सहि यक्तिको छनौट गर्न अपिल गरेका थिए । उनीहरुले जनतासँग यसअघि पनि खजुरावासीले माओवादी र कांग्रेसलाई समर्थन गर्दै आएको बताउँदै योपटक अधिक मतले विजयी गराउनेमा विश्वास रहेको बताएका छन् ।
अध्यक्ष पदका उम्मेदवार तुफानले चुनावी प्रचारप्रसारबाट खजुरावासीले गठबन्धनलाई चाहेको बताएका छन् । उपाध्यक्ष पदकी उम्मेदवार मल्लले खजुरामा गठबन्धनलाई जिताउन जनतामा उत्साह देखिएको बताए ।
त्यस्तै गठबन्धनले खजुराका अन्यवडामा घरदैलो कार्यक्रमलाई जारी राखेको छ । विशेष गरी गठबन्धनका उम्मेदवारले घरदैलो कार्यक्रममा जनताका समस्यालाई नै सुन्दै आएको पाइन्छ ।
खजुरामा पालिका र वडा नम्बर १ देखि ४ सम्म गठबन्धन भएको छ भने वडा नम्बर ५ देखि वडा नम्बर ८ सम्म गठबन्धन भएको छैन ।
वडा नम्बर १ र ३ मा कांग्रेस र वडा नम्बर २ र ४ मा माओवादीबाट उम्मेदवारी भएको छ ।