जानकीमा कांग्रेसको जित निश्चित : खाँ
Friday, May 6th, 2022, 3:46 pm
Kalpristha
बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ योपटक पालिकामा बहुमत आउने निश्चित गर्छन् । पालिकाका सबै वडामा घरदैलो कार्यक्रम गर्दै हिँडिरहेका खाँ कांग्रेसका उम्मेदवारलाई जनाताले विश्वास गरेर विजयी गराउने विश्वास व्यक्त गर्छन् ।
त्यस्तै नेपाली कांग्रेसबाट उपाध्यक्ष पदकी उम्मेदवार रामप्यारी यादव पनि योपटक कांग्रेसले जानकीवासीको सेवा गर्ने मौका पाउने बताउँछिन् । यादव जानकीको सुस्त विकासलाई तीव्र गतिमा लान जनताले कांग्रेसलाई जिताउने उनले बताइन् ।
घरदैलो कार्यक्रमअन्तर्गत शुक्रबार पनि कांग्रेस उम्मेदवारहरु दिनभर व्यस्त नै रहे । यसअघि जानकी गाउँपालिका वडा नम्बर १, २ मा घरदैलो गरेर आज वडा नम्बर ६ मा उम्मेदवारहरु व्यक्त रहेका छन् ।
घरदैलो कार्यक्रममा जनताले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई जिताउने अवस्था देखिएको खाँले बताए ।
आज पालिका उम्मेदवारहरुले वडा नम्बर ६ का कोठारपुर, भाटनपुरलगायतका स्थानहरुमा घरदैलो गरेका छन् । प्रत्येक घरमा जनतासँग प्रत्यक्ष भेटेर उम्मेदवारहरुले भोेटका लागि अपिल गरिरहेका छन् ।

..