उपाध्यक्षको दौडमा ताजरुन निशा
Friday, May 6th, 2022, 4:29 pm
Kalpristha
स्थानीय चुनावका लागि खजुरा गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेबाट ताजरुन निशाको प्रचार तीव्ररुपमा भई रहेको छ । नेकपा एमालेको तर्फबाट दिइएको उपाध्यक्ष पदको उम्मेदवारी जनताले सदर गर्ने बिश्वास खजुरा एमालेले लिइएको छ ।
ताजरुन मुस्लिम समुदायबाट उदाएकी नेतृ हुन् । एमालेले उनलाई अवसर दिएको छ भने खजुराका जनताले न्याय दिने बिश्वास गरिएको छ ।
ताजरुनले समाज रुपान्तरणका लागि वर्षौदेखि आवाज उठाउँदै आएकी छन् । समाज रुपान्तरणको उदाहरण बनेकी उनी खजुराको विकासका लागि कम्मर कसेर लाग्ने बताउँछिन् ।
एमाले खजुरामा निर्वाचन परिचालन कमिटिको संयोजक रहेका भिम वलिले खजुरामा रहेका ४ वडा जसमा मधेसी तथा मुस्लिम समुदायको बाहुल्यता रहेको जानकी दिए । त्यो समुदायको सम्मानका लागि एमालेले मुस्लिम समुदायको उम्मेदवार उपाध्यक्ष पदमा निशालाई अघि सारेको बताए ।
मुस्लिम अगुवा अतिउल्ला खाँ यसपटक एमालेले मधेसी र मुस्लिम समुदायका लागि बिश्वास गरेर उपाध्यक्षको उम्मेदवार बनाएको भन्दै अब मधेसी र मुस्लिम समुदायले पार्टीको बिश्वासलाई यथार्थमा परिणत गर्ने समय आएको बताए ।
ताजरुन निशा अहिले अध्यक्ष पदका उम्मेदवार सुमन मल्ल सहित मतदाता भेटघाटलाई तिव्रता दिइरहेकी छन । गाउँपालिकामा निर्वाचित भएपछि समग्र विकासका काम गर्ने प्रतिवद्धता जनाउँदै उनले मत मागिरहेकी छन । ताजरुनको उम्मेदवारी मधेसी र मुस्लिम समुदायका लागि सम्मान भएको एमाले नेता दिपक अधिकारीले बताए ।