जितका लागि राप्रपाको तीव्र प्रचार
Friday, May 6th, 2022, 4:35 pm
Kalpristha
राप्रपाले नेपालगन्ज उप–महानगरपालिकाको नजिता आफ्नो बनाउन तीव्र प्रचारप्रसार गरिरहेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारलाई नेपालगन्ज नगरवासीले साथ दिएका पनि छन् ।
घरदैलो अभियानका क्रममा राप्रपाका मेयर पदका उम्मेदवार नन्दलाल वैश्य, उपमेयरका उम्मेदवार बिन्दु चर्ती मगरको टिमलाई नेपालगन्ज नगरबासीले जितको शुभकामना तथा साथ दिने बताए ।
नेपालगन्ज नगरको २३ वटै वडामा घरदैलो गर्दै हिडेका राप्रपाका उम्मेदवारलाई टोलटोलमा स्थानीयको साथले उत्साह थपेको मेयरका उम्मेदवार बैश्यले बताए ।
बैश्यले भने, ‘हामी चुनावी अभियानमा अगाडी छौं, नेपालगन्ज नगरबासीको साथ र सहयोग राप्रपालाई पहिले पनि थियो र अहिले पनि छ, हामिले नेपालगन्ज नगरको समृद्धि र सम्मुनत बिकासको खाका जनता समक्ष राखेका छौं, जसलाई जनताले बिश्वास गर्नुभएको छ ।’
त्यस्तै राप्रपाका मेयरका उम्मेदवार बैश्यले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ र २० को घरदैलो कार्यक्रममा हामिले जति प्रतिबद्धता ब्यक्त गरेका छौंय त्यो भन्दा दुई वटा भए पनि धेरै काम गर्ने बताएका छन् ।
उपमेयरमा उम्मेदवारी दर्तासंगै चर्चामा रहेकी बिन्दु चर्ती मगरले आफूले जिते नेपालगन्जको समग्र विकाससँगै महिलाको क्षमता विकास, आय आर्जनको सीप प्रदान गरि स्वरोजगारको निम्ति काम गर्ने बताइन् ।
यस अघिको स्थानीय तह निर्वाचनमा जित हासिल गरेको राप्रापाले यस पटक मेयर, उपमेयर संगै वडाहरुमा राम्रो जित हासिल गर्ने योजना अनुरुप प्रचारप्रसारलाई तीव्र पारेको छ । स्थानीय तह निर्वाचनमा नेपालगन्जका मेयर डा. धवल शमशेर राणाको अधुरा केही काम र उनले गरेका नेपालगन्जको विकासको कामलाई लिएर राप्रपाका उम्मेदवार घरदैलोमा पुगेका छन् ।