विश्व नेपाली साहित्य बाँकेको अध्यक्षमा अर्याल
Saturday, May 7th, 2022, 4:42 pm
Kalpristha
विश्व नेपाली साहित्य महासंघ लुम्बिनी शाखा बाँकेको अध्यक्षमा गिता अर्याल चयन भएकी छिन् । शुक्रबार साझँ ७ बजेदेखि ९ बजेसम्म संचालन गरिएको भर्चुअल माध्यामबाट आयोजना गरिएको कार्यक्रमले अर्यालसहितको ११ जनाको कार्यसमितिलाई चयन गरेको हो ।
विश्व नेपाली साहित्य महासंघ, नेपाल शाखा, लुम्बिनी प्रदेशले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विनेसाम नेपाल शाखा अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ को अध्यक्षता संचालन गरिएको थियो भने विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको प्रमुख आतिथ्यमा रहेको थियो ।
उक्त कार्यक्रमले उपाध्यक्ष हीराबहादुर खत्री, सचिवमा महेन्द्र सेडाई, सहसचिवमा वीरमान केसी र कोषाध्यक्ष जयन्ती क्षेत्रीलाई चुनेको छ । त्यस्तै सदस्यहरूमा हिमाल शर्मा, लक्ष्मण सापकोटा, प्रतिभा अर्याल, अन्तरिक्ष देवकोटा, लक्ष्मी महतरा र विमला परियारलाई चयन गरको छ ।
कार्यक्रममा दुई कृतिमाथि समिक्षा पनि गरिएको छ ।
विनेसाम नेपाल शाखाद्वारा प्रकशित संयुक्त कृति ‘साहित्य एक विधा अनेक’ माथि हीराबहादुर खत्रीले समिक्षा गरेका छन् । त्यस्तै सुनिता राई कन्दङ्वाको कथा संग्रह ‘तिउरी’ माथि गीता अर्याल तथा प्राध्यापक बालकृष्ण शर्माले टिप्पणी र दृष्टिकोण राखेका छन् ।
कार्यक्रममा विनेसाम नेपाल लुम्बिनी शाखाका अध्यक्ष लेकप्रसाद प्याकुरेल, उपाध्यक्ष चरित्रा शाह, प्रा.डा. भीम खतिवडा, महासचिव सुनिता राई ‘कन्दङ्वा’, डा. इन्द्रबहादुर भण्डारी, ऋषिराम सापकोटा, साहित्यकार डा. जनार्दन आचार्य, किरण आचार्य, महानन्द ढकाल, विनेसाम नेपाल शाखाबाट महासचिव अम्बिका याम्फु ‘अनमोल’ लगायतको उपस्थिति रहेका थियो ।
.
विनेसाम नेपाल शाखा अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ ले विश्व नेपाली साहित्य महासंघले नेपाली साहित्यको उन्नयनमा टेवा पुर्याउन देश तथा विदेशमा आफ्ना शाखाहरु स्थापना गर्ने क्रममा जारी राखेको बताइन् ।
विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बले लुम्बिनी प्रदेशअन्तर्गत बाँके जिल्लामा अर्को परिवार जोडेकोमा आफू अत्यन्त हर्षित भयको बताए ।