एमालेको पक्षमा आचारसंहिता विपरित रकम वितरण
Saturday, May 7th, 2022, 6:16 pm
Kalpristha
त्रिपुरासुन्दरी नगरपालिकाकी निवर्तमान कावा नगरप्रमुख चन्द्रकुमारी बुढाले निर्वाचन आचार संहिता विपरित रकम वितरण गरेको खुलेको छ । मतदातालाई प्रभावित पार्न आचारसंहिता विपरित रकम वितरण गरेको उजुरी कार्यालयमा परेपछि निर्वाचन अधिकृतको कार्यालय त्रिपुराकोटले रकम र श्रेस्तासमेत नियन्त्रणमा लिएको जनाएको छ ।
नेकपा एमालेको पक्षमा चुनाव प्रचारप्रसारको क्रममा जाँदा आचारसंहिता विपरित गाउँघरमा प्रति व्यक्ति १ हजार ५ सयका दरले अपाङ्गता अनुदान रकम वितरण गरेर मतदातालाई प्रभावित पार्न खोजेकोले आवश्यक कारवाही गरी पाउँन नेपाली कांग्रेस नगरसभापति टोपबहादुर शाहीको निवेदन परेपछि नियन्त्रणमा लिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेलवासेले जानकारी दिनु भयो ।
०७८ पुसमा निकासा भएको अपांगता अनुदान रकम मतदान हुनुभन्दा ६ दिन अघि निर्वाचन आचार संहिताको धज्जी उडाउँदै मतदाता प्रभावित पार्ने मनसायले वितरण गर्नु उचित नभएकाले कारबाहीको लागि आफूले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको नेपाली कांग्रेसका नगरसभापति टोपबहादुर शाहीले बताए ।
निर्वाचन अधिकृत बेल्वासेका अनुसार त्रिपुरासुन्दरी नगरपालिकावाट ०७८ पुसमा निकासा भएको अपांगता अनुदान कार्यक्रमको रकम निर्वाचन आचारसंहिता २०७८ लागु भइसकेकोले वितरण भएको वाहेक वितरण हुन बाँकी रहेको रकम र आवश्यक श्रेता नगरपालिकाको लेखाशाखामा यथार्थ रुपमा बुझाई निर्वाचन सम्पन्न पश्चात मात्र वितरण गर्ने र निर्वाचन आचारसंहिताको पुणर् पालना गर्ने सर्तमा निवेदक पक्ष र निवर्तमान कावा नगरप्रमुखवीच छलफल गराएर अवआइन्दा आचारसंहित विपरित काय नगर्ने प्रतिवद्धता गराइएको छ ।
निवर्तमान कावा नगरप्रमुख बुढाले आफूले आचारसंहिताको ख्यालनगरेको स्वीकार गर्दै नेकपा एमालेको पक्षमा मतदातालाई आर्कषित गर्न कुनै पनि नारानदिएको र आफ्नो कार्यकालमा विनियोजन गरिएको रकम आफ्नै हातले वितरण गरम भनेर अपाङ्गगता ब्यक्तिहरुको घरआगनमै पुगेर वितरण गरेको मात्र बताइन् ।