कहिले सम्म भ्रष्ट नेतालाई जिताउनु हुन्छ: लिङ्देन
Saturday, May 7th, 2022, 8:36 pm
Kalpristha
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा बाहेकका सबै नेताहरु भ्रष्ट भई सकेको बताएका छन् । लिङ्देनले जनताको विश्वासलाई ठूला दलहरुका नेताहरुले हरेकपटक घात गरेको बताए ।
शनिबार नेपालगन्ज आएका लिङ्देनले त्रिभुवन चोकमा आयोजित कार्यक्रममा ठूला दलका नेताहरुले आफूलाई भगवान ठान्ने गरेको बताए । ‘आजकाल एमाले, कांग्रेस, माओवादी जस्ता ठूला दलका नेताह आफूलाई भगवान मान्ने गर्छन् । उनीहरु जनताले आफूलाई जयजयकार गरेकै छन्, जुलुसमा सहभागी भई हाल्छन् । हामीले जे भने त्येही मान्छन् । भन्ने मानसिकतामा हुनुहुन्छ । तर अब त्यो जनताले कदापी स्वीकार गर्दैनन् ।’
लिङ्देनले सभालाई सम्बोधन कतिपटक पुरानै नेतालाई जिताउँदा देशको विकास हुन्छ भन्दै सभामा उपस्थित नगरवासीलाई प्रश्न गरेका थिए । उनले जतिपटक पुराना नेताले जिते पनि देशका लागि केही गर्न नसक्ने बताए ।
उनले देशका भ्रष्ट नेता र देशबाट भ्रष्टाचारलाई जरैबाट निर्मुल पार्न राप्रपाले अभियान थालनी गरेको बताए । उनले राप्रपामा पनि कसैले भ्रष्टाचार गरेको थाहा पाए आफैंले कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।
लिङ्देनले भने, ‘यदि कसैले मैले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको थाहा पाउनु भयो भने । जनताले दिएको जे सजाए पनि भोग्न तयार छु । र मेरो पाटीमा म एक रुपैयाँ पनि भ्रष्टाचार गर्न दिन्न । यदि कसैलाई लाग्छ कि यो पाटीमा केही खान पाइने भने । सो व्यक्तिले यो पार्टी छोडेर जान सक्छ ।’
लिङ्देनले राप्रपाले हिन्दू राष्ट्र चोहे पनि सबै धर्मलाई समान व्यवहार गर्ने गरेको बताए ।