घरदैलोमा व्यस्थ गठबन्धनका उम्मेदवार
Saturday, May 7th, 2022, 8:46 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिकामा चुनावी मितिका लागि सात दिन बाँकी रहँदै गर्दा जितको नजिक रहेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनले जनाएको छ ।
खजुरामा गठबन्धनतर्फबाट अध्यक्ष पदका लागि डम्बर विक ‘तुफान’ को उम्मेदवारी रहेको छ । उनी माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्छन् भने नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरेकी मञ्जु मल्ल भने कांग्रेसबाट प्रतिनिधित्व गर्छिन् ।
पालिकाको सबै वडामा गठबन्धनले शनिबार घरदैलो तथा भेटघाट गरेको छ । जनतासँग भोट माग्ने क्रममा गठबन्धनका उम्मेदवारले खजुराको विकासका लागि सहि व्यक्तिको छनौट गर्न अपिल गरेका छन् ।
उनीहरुले जनतासँग यसअघि पनि खजुरावासीले माओवादी र कांग्रेसलाई समर्थन गर्दै आएको बताउँदै योपटक अधिक मतले विजयी गराउनेमा विश्वास रहेको बताएका छन् ।
अध्यक्ष पदका उम्मेदवार तुफानले चुनावी प्रचारप्रसारबाट खजुरावासीले गठबन्धनलाई चाहेको बताएका छन् । उपाध्यक्ष पदकी उम्मेदवार मल्लले खजुरामा गठबन्धनलाई जिताउन जनतामा उत्साह देखिएको बताए ।
त्यस्तै गठबन्धनले खजुराका अन्यवडामा घरदैलो कार्यक्रमलाई जारी राखेको छ । विशेष गरी गठबन्धनका उम्मेदवारले घरदैलो कार्यक्रममा जनताका समस्यालाई नै सुन्दै आएको पाइन्छ ।
शनिबार गठबन्धनका उम्मेदवारले खजुराको चन्द्रनगर, रिमझिम चोकदेखि सल्यानी टोल, पुरैना, मंगलपुर, गुनाहना, बर्गदीलगायतका ठाउँहरुमा घरदैलो गरेको थियो भने वडा भरी नै वडास्तरीय शक्ति प्रदर्शन गरिएको छ ।
खजुरामा पालिका र वडा नम्बर १ देखि ४ सम्म गठबन्धन भएको छ भने वडा नम्बर ५ देखि वडा नम्बर ८ सम्म गठबन्धन भएको छैन ।
वडा नम्बर १ र ३ मा कांग्रेस र वडा नम्बर २ र ४ मा माओवादीबाट उम्मेदवारी भएको छ ।