खजुरामा गठबन्धन प्रभाव बढ्दै
Sunday, May 8th, 2022, 5:52 pm
Kalpristha
खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनको प्रभाव बढ्दै गएको छ । खजुराको पालिकामा माओवादी र कांग्रेसको गठबन्धन छ भने वडास्तरमा नेकपा समाजवादी पार्टी पनि जोडिएका छन् ।
निर्वाचन जित्नका लागि नै खजुरामा गठबन्धन बनेको हो । जसमा पालिका बाहेक वडा नम्बर १ देखि ४ सम्म गठबन्धन भएको छ भने वडा नम्बर ५ देखि वडा नम्बर ८ सम्म गठबन्धन भएको छैन । वडा नम्बर १ र ३ मा कांग्रेस र वडा नम्बर २ र ४ मा अध्यक्ष पदका लागि माओवादीबाट उम्मेदवारी भएको छ ।
गठबन्धनले पालिकाका सबै वडामा गरेको चुनावी कसरतले खजुरामा गठबन्धनको प्रभाव बढ्दै गएको छ । खजुरामा गठबन्धनतर्फबाट अध्यक्ष पदका लागि डम्बर विक ‘तुफान’ को र उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु मल्लले खजुरालाई गठबन्धनमय बनाउन सफल हुँदै गएको गठबन्धन प्रचार समितिले जनाएको छ ।
आइतबार पनि गठबन्धनले खजुरा गाउँपालिकाका विभिन्न वडाहरुमा निर्वाचन आयोगको आचारसंहितभित्र रहेर प्रचार गरेका छन् । सामान्य रुपमै जनताको घरदैलोमा पुगेका गठबन्धनका उम्मेदवारहरुसँग खजुरावासीले खुलेरै कुराहरु गरका छन् भने कतिले आफ्नो ठाउँका समस्यालाई पनि खुलेरै बताए ।
गठबन्धनले वडा नम्बर २, सीतापुरमा जनतासँगको भेटघाटमा वडावासीले पुराना जनप्रतिनिधिले गरेको कमीकमजोरीलाई नदोहोर्याउन सुझाएका छन् । उनीहरुले वडावासीलाई समान व्यवहार गर्न र वडामा हुने विकास निर्माणका काममा भ्रष्टाचार नगर्न अनुरोध गरे ।
.
कार्यक्रममा विशेषगरी पिछडिएका समुदाय, एैलानीजग्गामा बसेका वडावासीको समस्यालाई सम्बोधन गर्न वडावासीले गठबन्धनका उम्मेदवारलाई सुझाए ।
अध्यक्ष पदका उम्मेदवार तुफानले आफूले निर्वाचन जितेपछि भ्रष्टाचारलाई शून्य सरह राख्न सक्दो कोसिस गर्ने बताए । उनले खजुरामा रहेको सुकुम्वासीका समस्यालाई आफ्नै समस्या रहेको बताए ।
उपाध्यक्ष पदकी उम्मेदवारी मल्लले खजुराका हरेक जनतालाई आफू निर्वाचन भएपश्चात समान आँखाले हेर्ने बताइन् । उनले खजुराको विकासकै लागि गठबन्धन भएका कारण गठबन्धनलाई जिताउन सबै खजुरावासीले भोट दिनु पर्ने बताइन् ।