भोट दिएर जिताउनु हुनेमा म विश्वस्त छु – चर्तीमगर
Tuesday, May 10th, 2022, 7:15 pm
Kalpristha
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट नेपालगन्ज उप–महानगरपालिकाको उपमेयरका प्रत्याशी बिन्दु चर्ती मगरले नेपालगन्ज नगरवासीले आफूलाई बिश्वास गर्ने बताएकी छिन् ।
चुनावी प्रचारप्रसारको अन्तिम दिन मतदाताको घरदैलोमा पुगेकि चर्ती मगरले नेपालगन्ज नगरवासीले आफूलाई बिश्वास गरेर मत दिने विश्वास व्यक्त गरेकी हुन् ।
पुष्प व्यवसायी एवम् समाजसेवीको नामले चिनिएकी चर्तीमगर नेपालगन्ज उप–महानगरपालिकाको उपमेयरमा मनोनयन दर्तासँगै चर्चामा रहँदै आएकी छिन् ।
नेपालगन्ज उप–महानगरपालिकाको मेयर डा.धवल शमशेर राणाकै शैलीमा स्थानीयका बिच पुग्ने चर्ती मगरमा धवलकै छवि देखिने भन्दै नगरमा उनको चर्चा बढ्दै गएको थियो ।
महिला व्यवसायी, पुष्प व्यवसायी, नेपालगन्जका सकृय सबै जसो समाजिक संघ–संस्थामा समेत आवद्ध रहेको कारण पनि चर्ती मगरलाई नेपालगन्ज नगरबासीको लागि नौलो उम्मेदवार नभएको बुझाई स्थानीयको छ । जुन स्थानीयको बुझाई छ त्यो नै चर्तिको जितको लागि ठूलो उपलब्धि रहेको बताइँदै आएको छ ।
वैशाख ३० मा देशैभरी एकैसाथ हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारको आज अन्तिम दिन रहेको कारण पनि चर्ती मगर नगरबासीको कुनै दैलो नछुटोस भन्दै दिनभरी नै मतदाताको घरमा पुगेको बताउछिन् उपमेयरका उम्मेदवार बिन्दु चर्ती मगर ।
नगरवासीको दैलोमा पुग्दा मिल्ने स्नेह, साथ र सहयोग नगरवासीको विश्वासको कारण नतिजा आफ्नो पक्षमा रहनेमा बिश्वस्त रहेको बताउँछिन् ।
निर्वाचन जितेपछि आफूले पाउने तलबभक्त समाजसेवामा लगाउने उद्घोष गरेकी मगर जनताको विश्वासलाई आफूले सधैं कायम राख्ने बताउँछिन् ।