गृह गाउँमा सन्जुको दाहसंस्कार
Wednesday, May 11th, 2022, 3:37 pm
Kalpristha
बुधबार भारोत्तोलनकी उदयीमान खेलाडी सन्जु चौधरीको पार्थिव शरीरको अन्त्यष्टि गरिएको छ ।
चौधरीको गृह गाउँ राप्ती सोनारी गाउँपालिका–३, बेलासपुर उनको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले नेपालको राष्ट्रिय झण्डा ओडाएका छन् ।
मंगलबार बिहान ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा मृत भेटिएको थिइन् । प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी सन्जु बिहान बन्द कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

.
२०७६ को मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारोत्तोलनमा जितेको पहिलो स्वर्ण विशेष थियो । सागको ३५ वर्षको इतिहासमा नेपालका लागि सन्जुले भारोत्तोलनमा पहिलो स्वर्ण जित्दै इतिहास रचेकी थिइन् ।
सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी थिइन्।पोखरामा भएको प्रतिस्पर्धामा ऐतिहासिक स्वर्ण जितेकी थिइन् ।
सञ्जुले सागपछि पटक–पटक राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । नेपाली भारोत्तोलनमा उत्कृष्ट खेलाडीको उपमा पाएकी उनीबाट एसियाली खेलकुदमा पदकको आसा गरिएको थियो ।
उनी चीनमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएकी थिइन् । २३ वर्षीय सन्जु एसियन गेम्सका लागि १६ जनामध्येबाट प्रारम्भिक छनोटमा परेकी थिइन् ।