कांग्रेसद्वारा चार बागी उम्मेदवारलाई कारबाही
Thursday, May 12th, 2022, 7:30 pm
Kalpristha
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस दाङले पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने चार जना उम्मेदवारसहित १२ जनालाई कारबाही गरेको छ । कांग्रेसले राप्ती गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिने बुद्धिप्रकाश चौधरी, अन्य ३ वडाहरुमा अध्यक्ष पदका लागि बागी उम्मेदवार दिने ३ जनासहित उनीहरुको प्रस्ताव र समर्थकमा बस्नेलाई कारवार्ही गरेको हो ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन) धारा १३ (४) (ग) बमोजिम पार्टी सदस्यता समाप्तभइ विधानको धारा ३४ (४) (क) बमोजिम पाँच बर्षलाई स्वत : निष्कासित हुने व्यवस्था अनुसार घोराही उपमहानगरपालिका–१० को उम्मेदवार डिल्लीबहादुर वलीसहित प्रस्ताव मञ्जु वली र समर्थक शशांक वलीलाई पार्टीवाट निष्कासित गरिएको नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीद्वारा विहिवार जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसैगरी राप्ती गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने बुद्धिप्रकाश चौधरी, उनको प्रस्तावकमा रहेका चित्रम चौधरी र समर्थक महेश चौधरी, बबई गाउँपालिका वडा नं. ३ को अध्यक्षमा उम्मेदवारी दिने नेवबहादुर खड्का, प्रस्ताव गंगाराम केसी र समर्थक गोपीलाल केसी र शान्तिनगर गाउँपालिका वडा नं. २ मा अध्यक्षमा बागी उम्मेदवारी दिने सुनिल वली, प्रस्तावक बिष्णु डाँगी र समर्थक बिजय वलीलाई पार्टीबाट निष्कासन गरेको हो ।