सिटौला र पौडेलको आइसिसिमा निबेदन
Wednesday, April 12th, 2017, 3:05 am
amit
टेक्सास – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाले सदस्यता छानवीन गर्न बनाएको ७ सदस्सिय छानबिन समितीका सदस्यद्धय सिपी पौडेल र प्रमोद सिटौलाले गैर आवासीय नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय परिषद (आइसिसि)मा आफुहरुले काम गर्न पाउनुपर्ने भन्दै निबेदन दिएका छन् ।
एनआरएन अमेरीकाको कार्यसमितीको बहुमतले सदस्यता छानबिन समितीमा चयन गरेपनि न्यायिक समितीले पौडेल र सिटौलालाई सदस्यता छानबिन समितीबाट निलम्बन गरेपछि अन्र्तराष्ट्रिय समन्वय परिषदमा काम गर्न पाउनुपर्ने भन्दै निबेदन परेको हो ।
आफुहरु नेपाली कांग्रेस भएकै कारण सदस्यता छानबिन समितीमा राख्नुहुदैन भन्नुको कुनै तुक नभएको भन्दै कसैको उजुरीको आधारमा न्यायिक समितीको यस्तो घटिया निर्णय बिरुद्ध आइसिसिमा निबेदन दिएको पौडेलले बताउनुभयो ।
सिटौला र पौडेलले अन्र्तराष्ट्रिय समन्वय परिषदमा दिएको निबेदनलाई एनआरएन अमेरीका कार्यसमितीले सकारात्मक भन्दै समर्थन गरेको छ । हालै बसेको एनआरएन अमेरीकाको कार्यसमिती बैठकले न्यायिक समितीले गरेको निर्णय प्रति खेद प्रकट गर्दै पौडेल र सिटौलाको निबेदनको अन्र्तराष्ट्रिय समन्वय परिषदले सकारात्मक जवाफ दिने अपेक्षा गरेको एनआरएन अमेरीकाका सचिव शंकर खड्काले बताउनुभयो । उहांका अनुसार पौडेल र सिटौला बारे अन्र्तराष्ट्रिय समन्वय परिषदले सकारात्मक जवाफ दिएमा सदस्यता छानबीन समितीमा बसेर काम गर्ने बाटो खुल्नेछ ।
पौडेल र सिटौला जनसम्पर्क समिती अमेरीकाको पदाधिकारी भएकोले एनआरएनको सदस्यता छानबिन समितीमा राख्न नहुने भन्दै उजुरी परेपछि न्यायिक समितीले निलम्बन गर्ने बिबादास्पद निर्णय गरेको थियो ।
यसैबीच एनआरएन अमेरीकाले अन्र्तराष्ट्रिय समन्वय परिषदको निर्णयको स्वागत गर्ने र छानबिन समितीका अन्य पांच जनालाई सदस्यता छानबिनको काम अगाडी बढाई यही अप्रिल २३ तारिख सम्म छानबिनको काम सकेर छानबिन पछिका सदस्यहरुको लिष्ट बोर्डलाई बुझाउन भनेको छ । एनआरएन अमेरीकाका महासचिव तिलक श्रेष्ठको संयोजकत्वमा सदस्यता छानबिन समिती बनाईएको छ ।
पौडेल र सिटौलाले आइसिसिमा दिएको निबेदन
श्री मान अध्क्षय ज्यू
गैर आवसिय संघ केन्द्रिय कार्यलय काठमाण्डौ
बिषय:- एन आर एन अमेरिकाको न्यायिक समितिको निर्णय सम्बन्धमा ।
महोदय , उपरोक्त सम्बन्धमा हामि लामो समय देखि यस संस्थामा साधारण सदस्य हुदै राष्ट्रिय डेलिगेट सम्म भएर यस संस्थाको हितमा काम गर्दै आएको सगौरब प्रष्ट पार्न चाहान्छौ । हामी अमेरिकामा अरू संस्थाहरू जस्तै गैर राजनितिक संस्थामा समेत कार्यरत पनि छौ । यसै सन्दर्भमा यहि (२०१७-१९) को हुन गईरहेको NRN NCC OF USA को निर्वाचनमा NCCUSA को बोडबाट हामीहरू सहित ७ जना मेम्बर भेरिफिकेशन समितिमा मनोनयन भएका थियौ । जसमा सबै पार्टिमा आस्था राख्नेहरू नै हुनुहुन्छ । त्यस मध्येका हामी दुईजनालाई पुर्वाग्रहि भावनाले कांग्रेस पार्टि संग संलग्न रहेको भनि हामिलाई काम गर्न बन्देज गरेको निर्णय गरेरे हामि माथि अन्याय गरेको ले श्रीमान समक्ष यो निबेदन पेश गरेका छौ । स्मरण रहोस संसारमा कतै नभएको न्यायिक समितिले अमेरिकामा नेपाली नेपाली बिच वैमनश्यता ,कसैको हितमा र ईशाराम काम गर्दै संगठन प्रति नै घात गरि रहेको यो निर्णयबाट प्रष्ट हुन्छ । तसर्थ यस्ता निर्णयले एनआरएनए को महत्व घटने हुनाले उक्त निर्णय वदर गरि सबै एनआरएनए सदस्यहरुलाई यो हामी सबैको साझा संस्था हो भन्ने अनुभुति गराउनुहुन अनुरोध गर्दछौं।
निबेदक
सि पि पौडेल (अमेरिका)
प्रमोद सिटौला (अमेरिका )
प्रमाणित कागजात :-न्यायिक समितिको निर्णय कपि बोधार्थ:-
१-नेपाल सरकार पराष्ट्र मन्त्रालय संघ संस्था बिभाग
२-कुमार पन्त -उपाध्क्षय ICC
३-भवन भट्ट – उपाध्क्षय ICC
४-बद्रि के सि – महासचिब ICC
५-सोनाम लामा -RC
६-ए सि शेर्पा – DRC
७-NRN NCC OF USA
८-न्यायिक समिति
९-Executive Director NRNA ICC
न्यायिक समितले गरेको निर्णय