टेक्सासबाट को को जालान नेजसको साधारणसभा र डेलिगेट्स भेलामा
Wednesday, April 12th, 2017, 5:07 am
amit
डालस – नेपाली जन सम्पर्क समिती अमेरीकाको बिबाद चर्किरहेका बेला आयोजना गरिएको साधारण सभा र डेलिगेट्स भेलामा टेक्सासबाट केन्द्रिय उपसभापती सिपी पौडेल लगायत च्याप्टरका पदाधिकारी सहभागी नहुने संकेत गरेका छन् ।
एकै दिन यही २२ तारिखमा साधारण सभा र डेलिग्ट्स भेलाको आयोजना गरिएपछि असन्तुष्ट टेक्सासका केन्द्रिय पदाधिकारी तथा च्याप्टरका पदाधिकारी दुबै कार्यक्रममा सहभागी नहुने बताएका छन् । हालै टेक्सासको डालसमा भएको छलफलमा डालस च्याप्टरका सभापती ज्ञानेन्द्रराज कार्की, केन्द्रिय उपसभापती भगवान मैनाली, सल्लाहकार अमृत सापकोटा लगायतका व्यक्तिहरुले साधारण सभामा सहभागी हुने मत राखेपनि अरुले साधारण सभा र डेलिगेट्स भेला दुबै कार्यक्रममा सहभागीता नजनाउने मत राखेको जन सम्पर्क समिती अमेरीकाका केन्द्रिय सदस्य ओम भट्टराइले बताउनुभयो ।
केन्द्रिय उपसभापती सिपी पौडेल सहित नेपाली कांग्रेसका नेता शुन्दर कर्माचार्य, नेजसका केन्द्रिय सदस्य तथा तरुण दल अमेरीकाका अध्यक्ष ओम भट्टराई, अष्टिन च्याप्टरका सभापती प्रेम पाण्डे, वेष्ट टेक्सास च्याप्टर सभापती तथा नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारी लगायतले दुबै कार्यक्रममा भाग नलिने बताइएको छ ।
यही २२ तारिखमा भर्जिनियामा संस्थापन पक्षले साधारण सभाको आयोजना गरेको छ भने सोही दिन असन्तुष्ट नेजसका पुर्व संयोजक बिष्णु स ुबेदिको समुहले न्युयोर्कमा डेलिगेट्स भेलाको आयोजना गरेको छ । एकै दिनमा गर्न लागेका यस्ता कार्यक्रमले जन सम्पर्क समितीलाई धरासायी बनाउने र संगठनका हितमा नभएकोले धेरैको स्वर दुबै कार्यक्रममा नजाने रहेको केन्द्रिय सदस्य भट्राइले बताउनुभयो ।