स्थानीय तहको चुनाव १० दिनपछि सार्न कांग्रेस नेतृत्वमाथि दवाव
Saturday, April 15th, 2017, 6:23 pm
amit
काठमाडौं– स्थानीय तहको निर्वाचन आउँन मात्र २९ दिन बाँकी रहेको सन्दर्भमा सत्ता साझेदार नेपाली काँग्रेसको प्रदेश नम्बर २ का जिल्ला सभापतिहरुले स्थानीय तहको निर्वाचन १० दिन पछि सार्न पार्टी नेतृत्वलाई दवाव दिएका छन् ।
मधेशी मोर्चालाई सहमतिमै ल्याएर निर्वाचन गराउनुपर्ने जोड दिँदै आएका उनीहरुले त्यसका लागि आवश्यक परे निर्वाचनको मिति १० दिन पछि सार्न पनि नेतृत्व तयार हुनुपर्ने धारणा राखेका हुन् ।
स्थानीय तहको निर्वाचनमा सम्बन्धमा प्रदेश नम्बर दुईका पार्टीका केन्द्रिय सदस्य, सांसद र जिल्ला सभापतिहरुसँग शनिवार पार्टी कार्यालय सानेपामा जारी छलफलमा ७ वटा जिल्लाका सभापतिहरुले मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पार्टी र देश दुवैका लागि हित हुने धारणा राखेको राखेका हुन्
उनीहरुले निर्वाचन एकैचरणमा सम्पन्न गर्नुपर्नेमा पनि जोड दिएका छन । मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउन आवश्यक परे १० दिन पछि निर्वाचन गर्न पनि पार्टी नेतृत्व तयार हुनुपर्ने धारणा प्रदेश नम्बर दूईका जिल्ला सभापतिहरुको रहेको नेता रमेश रिजालले जानकारी दिए ।
नेपाली काँग्रेसका मधेश केन्द्रित नेता तथा सांसदहरुले निर्वाचनको मिति पछि सारेर भएपनि मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु पार्टी र देश दुवैको लागि हित हुने धारणा राख्दै आएका छन् ।
सरकारले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने भन्दै बरु २ चरणमा गर्न लचिलो अडान राख्दै आएको छ ।