कोहलपुरमा कांग्रेसको बहुमत
Sunday, May 22nd, 2022, 4:45 pm
Kalpristha
बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले बहुमतसहित पालिका आफ्नो कब्जामा बनाएको छ । कोहलपुरमा रहेको १५ वटा वडासहित नगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको उम्मेदवारले जितेका हुन् ।
नगरको प्रमुखमा कांग्रेसका प्रमुख उम्मेदवार पूर्णप्रसाद आचार्यले १ हजार ९ सय २९ र कांग्रेसकी उपप्रमुख संगीता सुवेदीले ५ सय ५९ मतान्तरका साथ निर्वाचित भएका हुन् । उनीहरुले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारलाई हराएका हुन् ।
आचार्यले १४ हजार १ सय ३४ मत पाउँदा एमालेका खीलप्रसाद भुसालले १२ हजार २ सय ५ मत पाए । त्यस्तै नकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ९ हजार ७ सय २५ मत ल्याएर तेस्रो भए ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदीपकुमार शाहले २ हजार ३ सय ६६ मत ल्याएभने स्वतन्त्र उम्मेदवार देवानन्द अर्यालले ५ सय ५१, जनमत पार्टी (जपा) का विष्णु कुमार तमोलीले २ सय ७१, जनता समाजवादी पार्टी (जसपा)का बुध बहादुर सुनारले १ सय ८०, राष्ट्रिय जनमोर्चाका भीमप्रसाद देवकोटाले ७० मत लाएका छन् ।
त्यस्तै मेयरमा उम्मेदवारी दिएका नेपाल मजदुर किसान पार्टीका खडगराज थापाले ४३, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका रन्जिताकुमारी चौधरीले ३७, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णकली थापाले १४, नेपाली कांग्रेस (वीपी) का भोलानाथ शर्मा तकमेलले ६ र स्वातन्त्र नन्दा डागीले २ मत पाएका छन् ।
साथै कांग्रेसकी उपप्रमुख सुवेदीले १४ हजार ७३ मत पाउँदा एमालेकी अस्मिताकुमारी थारुले १३ हजार ५ सय १७ मत पाएकी छिन् । तेस्रो भएकी नेकपा समाजवादीकी नारायणी वलीलिे ५ हजार ४२ मत पाइन् ।
उपप्रमुखमा उम्मेदवारी दिएका राप्रपाकी सावित्री भुषालले २ हजार ५ सय ८६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कपिल शाहले २ सय २७, राष्ट्रिय जनमोर्चाकी पूर्णकला भण्डारीले १ सय २, नेपाल मजुदर किसान पार्टीकी कोकीला शाहीले ६४, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका एनबहादुर बोगटीले ३१, राष्ट्रिय जनमुक्ति पार्टीकी चन्देवी पुनले २३ र स्वातन्त्र बन्दना चौधरीले ३ मत पाएकी छिन् ।
कोहलपुरमा रहेको १५ वटा वडा मध्ये कांग्रेसले २, ४, ६, ८, १०, १२, १३, १४, १५ जितेको छ । नेकपा एमालेले वडा नम्बर ३, ५, ७ र ११ गरी चार वटा वडा र माओवादीले वडा नम्बर १ र ९ गरी दुई वटामात्र वडा जितेको छ ।
यसअघि कोहलपुरमा नेकपा एमालेले प्रमुख र उपप्रमखमा नेपाली कांग्रेसले जितेको थियो ।