विष्टसहित ४ पालिका अध्यक्षले लिए सफत
Sunday, May 22nd, 2022, 5:10 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाका नवनिर्वाचित प्रमुख प्रशान्त विष्टसहित ४ गाउँपालिकाका अध्यक्षले आइतबार सफत ग्रहण लिएका छन् । मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले उनीहरुलाई सफत ग्रहण गराएका हुन् ।
विष्टले सफत लिए पश्चात उपमेयर कमरुद्दीन राईसहित नवनिर्वाचित सबै जनप्रतिनिधिलाई सपथ खुवाएका छन् । नेपालगन्जको सफत कार्यक्रम नेपालगन्ज उप–महानगरपालिकाको भवनमा भएको थियो । भने अन्य पालिकाका अध्यक्षलाई निर्वाचन अधिकृतको कार्यालयमा सफथ ग्रहण गराइएको छ ।
अधिकृतको कार्यालयमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही र जानकी गाउँपालिकाका अध्यक्ष छ्ब्बन खाँलाई सपथ गराएको हो ।
आफूले सपथ लिएपछि सम्बन्धित पालिकाका अध्यक्षहरुले अब गाउँपालिका पुगेर नवनिर्वाचित वडा अध्यक्षहरु लगायत वडा सदस्यहरुलाई सपथ खुवाउनेछन् ।
यसअघि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक ‘तुफान’ र डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीको सफत ग्रहण कार्यक्रम सम्पन्न भई सकेको छ । अब कोहलपुर नगरपालिकाका निर्वाचित प्रमुख पूर्ण आचार्यलाई सफत ग्रहण गर्न बाँकी रहेको छ ।