नयां वर्षको अवसरमा अष्टिनमा भव्य कार्यक्रम सम्पन्न (फोटो/भिडियो सहित)
Sunday, April 16th, 2017, 11:52 pm
amit
अष्टिन (टेक्सास)- ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) ले शनिबार टेक्सासको अष्टिनमा भव्य कार्यक्रम गरेर नयां वर्ष २०७४ लाई स्वागत गरेको छ ।
नेपाली नयां वर्षको अवसर पारेर ग्यान्सले बिभिन्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम सहित बृहत बनभोज कार्यक्रमको आयोजना गरेको हो । सयौं अष्टिनवासी नेपाली हर्षउल्लासका साथ सहभागी कार्यक्रममा भलिवल फुटवल, बास्केटवल, घैंटो फोड लगायतका खेलकुद कार्यक्रम सहित मनोरञ्जनात्मक कार्यक्रमले नेपालको झल्को दिएको थियो । नेपाली टिपिकल गितमा नांचगान सहितको कार्यक्रमले अझै शोभा थपेको थियो
हरेक नयां वर्षमा वनभोज कार्यक्रम सहित बिभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको ग्यान्सले यस वर्ष पनि भव्य रुपमा सम्पन्न गरेको हो । वनभोज सहितको कार्यक्रममा खेलकुद प्रतियोगितामा उपाधी जित्ने खेलाडी तथा टिमलाई नगद, सिल्ड तथा मेडल समेत बितरण गरिएको थियो ।

ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपानेले नयां वर्षको अवसर पारि गरिएको बनभोज तथा खेलकुद प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।




नयाँ बर्षको अवसरमा टेक्सासको अस्टिनमा रमाइलो कार्यक्रम
Posted by Kc Sher on Saturday, April 15, 2017