दुर्घटना न्यूनीकरणका लागि कानून बनाउन जोड
Sunday, May 22nd, 2022, 9:34 pm
Kalpristha
‘दिगो विकासका लागि सुरक्षित सडक र सवारी’ भन्ने मूल अभियानलाई नेपालगन्जमा सैद्धान्तिक अनुमोदन गरिएको छ । लुम्बिनी प्रदेशका मन्त्री, संसादहरु, नेपालगन्जका मेयर, बाँकेका प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न संघ-संस्था अधिकारकर्मीलगायतको उपस्थितिमा उक्त अभियानलाई अनमोदन गरिएको हो ।
नासा नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आइतबार आयोजना गरेको कार्यक्रममा लुम्बिनी तथा कणर्ाली प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन, सडक सुरक्षा, उपचार तथा पूणर् स्थापना र एकताबद्ध प्रयासलगायतका विषयमा छलफल गरिएको छ । मोटरसइक्लिंग सुरक्षाका लागि सुरक्षित हेल्मेट, सडक सुरक्षा काउन्सिल तथा मानव अधिकारको विषयमा समेत सहभागीहरुले आ-आफनो धारणा राखेका थिए ।
कार्यक्रमका सहभागिहरुले सडक दुर्घटना न्यूनीकरणमा आफैंबाट आफ्नो जिम्मेवारीबोध गरिएमा सहयोग पुग्ने र यस सम्बन्धीका कडा कानूनको निमाणर् गरी कार्यन्वयनमा जोड दिनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्रबहादुर हमालले सडक सुरक्षा नियन्त्रणका बारेमा प्रदेशस्तरबाट कानून, नीति निमाणर्को कार्यलाई जोड दिने भन्दै यसमा सबैको भूमिका प्रभावकारी हुनु पर्ने बताए ।
प्रदेश सांसद आइपी खरेलले सडक सुरक्षासँग सम्बन्धित विषयमा विशेष ध्यान दिई नागरिकस्तरबाटै सचेत हुनुपर्ने बताए ।
सांसद कृष्णा केसी ‘नमुना’ले सडक दुर्घटना दिनदिनै बढ्दै गइरहेकाले यसको नियन्त्रणका लागि सबै जुटनुपर्ने भन्दै प्रदेश र स्थानीयस्तरबाट निमाणर् हुने कानूनहरुको कार्यन्वयन गर्न प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा विश्व परिषद् सदस्य गोविन्द भट्टराईले सडक सुरक्षाको राष्ट्रिय तथा अन्तर्राष्टिय सन्दर्भका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा ओर्थपेडिक सर्जन डा. प्रकाश बहादुर थापा, जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख हिमालय शाह, इन्जिनियर निमेष शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्लाष्टिक सर्जरी तथा सामाजिक अभियन्ता डा. विनोद कणर्, नेपालगन्ज मेयर प्रशान्त विष्ट, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, खेलकुद परिषद्का सदस्य सुमित्रा चौधरीलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा सडक सुरक्षाको सचेतनामूलक सन्देश प्रवाह गर्नका लागि सार्वजनिक कार्यालय तथा संस्थाहरुलाई गुणस्तर प्रमाणित हेलमेट हस्तान्तरण गरिएको थियो ।
संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सडक सुरक्षासम्बन्धी विश्वयापी प्रतिवद्धता पत्रमा सम्पूणर् सहभागिहरुले हस्ताक्षर गरेका थिए ।