‘काञ्जी हाउसमा रहेका पशुचौपायको अवस्था दयनिय’
Monday, May 23rd, 2022, 5:26 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालगन्जमा रहेको काञ्जी हाउसमा रहेका पशुचौपायाको अवस्था निकै दयनिय रहेको बताएका छन् । सोमबार काञ्जी हाउसको अवलोकनमा गएका विष्टले छाडा पशुचौपायाको व्यवस्थान हुन नसकेको बताएका हुन् ।
काञ्जी हाउसको अवलोकन एवम् निरीक्षण्का लागि उपमेयर कमरुद्दीन राई, प्रशासकिय प्रमुख जगतबहादुर बस्नेतलगायतको टोली नेपालगन्ज उप-महानगरपालिका – २१ मा रहेको काञ्जी हाउस स्थल पुगेका थिए ।
अवलोकलका क्रममा विष्टले काञ्जी हाउसमा रहेका गाई बाच्छाबाच्छिको अवस्था हेर्दा अत्यन्त दयनिय रहेको पाइएको बताए । ॅनगरका छाडापशु व्यवस्थापनमा हाम्रो ध्यान गम्भीर रुपले केन्द्रित भएको छ । खासगरी छाडा रहेका गाईको संरक्षणमा हामी संवेदनशिल हुनेछांै,’ विष्टले भने ।
उनले काञ्जिहाउसमा रहेका गाई, बाच्छबाच्छिको अभिलेखिकरण गरी विरामी अवस्थाकालाई उपचार गर्ने र पोशिलो आहाराको व्यवस्थापन गरी पशुमैत्री बासस्थान निर्माणको लागि पहल गरिने कुरामा जोड दिए । उनले काञ्जिहाउसमा खटिएका कर्मचारीलाई रेखदेख र गाईको आहारामा विषेश ध्यान दिन निर्देशनसमेत दिए ।
उम-मेयर कमरद्दीन राईले गर्मी मौसममा गाईलाई ओत लाग्नको लागि निर्माण गरिएको टिन छाना पशुमैत्री नभएको बताए । उनले काञ्जी हाउसको व्यवस्थापन मिलाउन तत्काल पहल गर्ने र संरक्षणमा ध्यान दिने उद्देश्यले आफूहरु पदभार ग्रहण गरेकै दोस्रो दिन निरीक्षणमा पुगेको बताए ।
उनले काञ्जिहाउसमा रहने गाईलाई लक्षित गरी चरी, बर्सिमलगायतका घाँसको खेती गर्नको लागि पनि उपमहानगरको आसपासमै जमिन भएकोले त्यसको लागि पनि आवश्यक तयारी गर्न निर्देशनसमेत दिए ।
अधिकृत बस्नेतले छाडा रहेका पशुको व्यवस्थापन गर्न जिम्मेवारी उपमहानगरले गर्दै आएको बताउँदै पशुको बासस्थान र साना बाच्छा बाच्छिको उचित व्यवस्थापन गर्न तत्कालै सुरु गरिने बताए ।
हाल काञ्जी हाउसमा गाई, गोरु, बहर, कोरेली गरी ८४ वटा, बाच्छाबाच्छि ११ वटा र १ वटा घोडाको बछेडो रहेको छ ।