अब नेपालगन्ज – काठमाडौं हवाई भाडा १२ हजार
Monday, May 23rd, 2022, 7:15 pm
Kalpristha
सरकारले हवाई इन्धनको मूलयमा वृद्धि गरेसँगै हवाई भाडा दर पनि बढेको छ । आइतबार सरकारले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो ।
सोमबार सूचना जारी गर्दै वायूसेवा संचालक संघले आन्तरिकतर्फ भाडा वृद्धि गरेको छ । संघले जारी गरेको नयाँ भाडादर मंगलबारदेखि लागू हुनेछ ।
मूल्य वृद्धिसँगै अब नेपालगन्ज – काठमाडौंको हवाई भाडादर १२ हजार ८ सय ९५ पुगेको छ । त्यस्तै सबैभन्दा बढी धनगढी – काठमाडौंको हवाई भाडादरमा वृद्धि भएको छ । काठमाडौं-धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । अब काठमाडौं -धनगढीको भाडादर अधिकतम १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको हो ।
त्यस्तै नयाँ भाडादरमा काठमाण्डौ-भद्रपुरको ११ हजार नौ सय ३५, विराटनगरको नौ हजार तीन सय २५, जनकपुरको पाँच हजार दुई सय ५०, भरतपुरको चार हजार चार सय ३५, पोखराको ६ हजार तीन सय पाँच, भैरहवाको अधिकतम भाडा सात हजार आठ सय ८० रुपैयाँ पुगेको छ ।
आइतबार सूचना जारी गर्दै नेपाल आयाल निगमले पेट्रोल/मट्टितेल र डिजेलको समान प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो भने यता हवाई इन्धनको समेत प्रतिलिटर १० रुपैयाँले मूल्य वृद्धि गरेको थियो ।
खाना पकाउने एलपी ग्यासको भने एकैपटक २ सय रुपैयाँ मूल्य वृद्धि गर्दै निगमले प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुर्याएको छ ।