बाँकेका राठोरले दिए एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी
Tuesday, May 24th, 2022, 12:21 pm
Kalpristha
नेपालगन्जका प्रदेश सिंह राठौरले आसन्न अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
उनले सोमबार उम्मेदवारी दिएका हुन् । बाँके जिल्ला फुटबल संघको पुर्व अध्यक्ष समेत रहेका राठोर एन्फाको वर्तमान केन्द्रीय सदस्य हुन् । राठोर यसअघि दुइ पटक एन्फाको केन्द्रीय सदस्य भैसकेका छन् ।
राठोरले वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको टिमबाट उम्मेदवारी दिएका हुन् । यसअघि बाँकेबाट भोजराज शाहीले एन्फाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
एन्फा निर्वाचनमा यसपटक कर्मा र पंकज नेम्वाङले अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन । दुबै जनाले उम्मेदवारी दिइसकेका छन् । भोजराजले पंकज र प्रदेशसिंहले कर्मा टिमबाट चुनावमा प्रतिस्पर्धा गर्दैछन । एन्फाको आगामी असार ६ गते हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले उम्मेदवारी घोषणा गरेका छन ।
राठौर पश्चिम क्षेत्रका पुर्व चर्चित खेलाडी तथा व्यवस्थापक हुन । २०३७ सालमा तत्कालिन भेरी अंचलको फुटबल टिमलाई फाइनलमा पुयाउन मुख्य भुमिका खेलेका राठोरले २०३८ सालमा प्रथम राष्ट्रिय खेलकुदमा भेरी अंचलको टिमलाई उपविजेता बनाउँदा नेतृत्वदायी भुमिका खेलेका थिए ।
नेपालगन्जको व्वाइज युनियन क्लबलाई १५ वर्ष सम्म जिल्ला लिगमा प्रथम भनाउने खेलाडी हुन राठोर । नेपालगन्ज गोल्डको तीन संस्करणका संयोजक रहेका राठोर २०५२ देखी करिब डेढ दश भन्दा बढी बाँके जिल्ला फुटबल संघको अध्यक्ष र त्यसपछि २०७० यता निरन्तर रुपमा एन्फाको केन्द्रीय सदस्य भएर काम गरेका छन ।