अन्तरघात गर्नेलाई कारबाही हुन्छः बाल्मिकी
Wednesday, May 25th, 2022, 2:44 pm
Kalpristha
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले स्थानीय निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन लागेको नेता तथा कार्यकर्तालाई कारबाही गरिने बताएका छन । पार्टीले स्थानीय निर्वाचनको समीक्षाको लागि गर्ने बैठकले आफुले त्यो कुरा उठाउने बाल्मिकीले बताए । बाँकेमा पनि केहि नेता तथा कार्यकर्ताले पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन सार्वजनिक रुपमा लागेका थिए । त्यस्तालाई कारबाही हुनु पर्ने उनले बताएका हुन ।
निर्वाचनमा पाटीको आधिकारिक उम्मेदवारलाई हराउन खुलेरै लागेका र अन्तरघात गरेका ब्यक्तिको पहिचान गरी कारबाही गरिने पर्नेमा उनले जोड दिएका छन । उनले भने, ‘पाटीका आधिकारिक उम्मेदवारविरुद्ध जो जसले खुलेरै हराए, जस्ले अन्तरघात गरे, उनीहरुलाई पार्टीको विधान अनुसार कारबाही हुनेछ ।’
यसैगरी संविधान सभा सदस्य एवम् कांग्रेसका केन्द्रीय सदस्य बाल्मिकीले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका सम्पुणर् जनप्रतिनिधीलाई बधाई तथा शुभकामना दिएका छन । कांग्रेसले बाँकेका कुल ८ वटा स्थानीय तहमध्ये ५ वटामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ, भने गठबन्धनका तर्फबाट नेपालगन्जमा मेयर, खजुरामा उपाध्यक्ष जितेको छ ।
पाटी र गठबन्धनका तर्फबाट निर्वाचित भएका जनप्रतिनिधीलाई शुभकामना दिदै उनले जनताको भावना अनुसार काम गर्न अनुरोध गरेका छन ।